देश

दुई बुल्गेरियन पक्राउ

- -लालप्रसाद शर्मा, पोखरा

चैत्र ५, २०७३-एटिएम कार्डको प्रयोगबाट अरुको खाताको रकम झिकेको आशंकामा दुई बुल्गेरियन नागरिकलाई प्रहरीले शनिबार पर्यटकीय केन्द्र लेकसाइडबाट पक्राउ गरेको छ । 

लुसिनोभ र्‍यामन डिमोभ र मार्टिन रिस्टोभ पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । उनीहरुको साथबाट विभिन्न विदेशी बैंकका ८ एटिएम कार्ड ३ ल्यापटपसहित सामान पनि बरामद भएको छ । 

केही बैंकको सिसी क्यामेराले उनीहरुलाई शंकास्पद हिसावले एटिएम मेसिन वरपर घुमिरहेको देखिएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । ‘उनीहरुले कुन बैंकबाट रकम निकाले/निकालेनन् अनुसन्धानमै छ,’ उनले भने, ‘उनीहरुकाबिरुद्ध जाहेरी परेको छैन । तर शंका लागेर ल्याइएको हो ।’ 

काठमाडौंबाट कास्की प्रहरीलाई दिएको हुलिया पनि केही हदसम्म मिलेकाले उनीहरुलाई पक्राउ गरिएको हो । 

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार