विश्व

विस्फोटमा सरकार जिम्मेवार : अदालत

- बीबीसी, टोकियो

चैत्र ५, २०७३-सन् २०११ मा जापानको फुकुसिमामा भएको आणविक भट्टी विस्फोटमा जापान सरकारलाई त्यहाँको अदालतले दोषी ठहर्‍याएको छ । सरकारी नियमनकारी निकायहरूले समयमै टेप्को इलेक्ट्रिक पावर कम्पनीलाई सुरक्षाका बारेमा सचेत गराएको भए उक्त घटना नघट्ने अदालतले जनाएको छ ।

अदालतले सरकार र कम्पनी दुवैले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । ६ वर्षअगाडि भएको उक्त आणविक दुर्घटनाका कारण ८० हजार मानिस आफ्नो घर छाड्न बाध्य भएका थिए । यो विस्फोट सन् १९८६ मा युक्रेनको चेर्नाेबिलमा भएको आणविक विस्फोटपछिको सबैभन्दा ठूलो आणविक विस्फोट थियो ।

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार