विश्व

उत्तर कोरियाविरुद्ध आक्रमण गर्नसक्ने अमेरिकी चेतावनी

- एजेन्सी, सियोल (दक्षिण कोरिया)

चैत्र ४, २०७३-दक्षिण कोरियामा रहेका अमेरिकी विदेश मन्त्री रेक्स टिल्लरसनले उत्तर कोरियाले आणविक हतियारको धम्की दिइरहे सैनिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

नयाँ वर्षको बेलामा उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासम्म पुग्ने आणविक क्षेप्यास्त्र बनाउन अन्तिम तयारी गरिरहेको बताएका थिए ।

‘प्रष्टरुपमा भन्दा धैर्यता टुटिसकेको छ’, सिओलमा भएको पत्रकार सम्मेलनमा टिल्लरसनले भने । उनले ओबामा प्रशासनले उत्तर कोरियालाई मौका दिएर पर्खिएको प्रसंग उल्लेख गर्दै अब धेर्य गर्न नसकिने बताएका हुन् ।

‘हामी सैनिक आक्रमण चाहँदैनौं’, उनले भने, ‘तर, हामीलाई आक्रमण गर्न बाध्य पार्ने गरी उनीहरु धम्क्याइरहन्छन् भने त्यो विकल्पको लागि हामी तयार छौं ।’

 

प्रकाशित: चैत्र ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार