सूचना प्रविधि

एकैपटक पाँच ठाउँबाट एफथ्री सिरिज सार्वजनिक गर्ने ओप्पोको घोषणा

- कान्तिपुर संवाददाता, सेन्जेन

चैत्र २, २०७३-ओप्पोले यही मार्च २३ मा आफ्नो एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ डुअल सेल्फी क्यामेरासहितको फोन एकैपटक विश्वका पाँच बजारमार्फत सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ । ‘सेल्फी एक्स्पर्ट’का लागि यसमा रहेको ओप्पोकै पहिलो डुअल सेल्फी क्यामेरा एफथ्री सिरिजकै प्रमुख विशेषता हो । यसमा उपलब्ध गरिएको १६ मेगापिक्सेल क्षमताको प्रमुख क्यामेरा र ८ मेगा पिक्सेलको सवक्यामेराले उच्च गुणस्तरिय तस्बिर खिच्ने कम्पनीको दाबी छ ।

भारत, ईन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम गरी पाँच प्रमुख बजारमा ओप्पोले एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस एकैपटक सार्वजनिक गर्ने तयारी गरिरहेको ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेसनल मोबाइल बिजनेसका प्रबन्ध निर्देशक स्काइ लीले बताएका छन् । एफथ्री सिरिजले सेल्फी प्रविधिलाई नयाँ उचाइमा लैजाँदै नयाँ ट्रेण्ड सेट गर्नेमा उनी विश्वस्त छन् ।

प्रकाशित: चैत्र २, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार