रोचक

साउदी अरेबियामा गठन भयो महिला बिनाको महिला परिषद् !

- बीबीसी, साउदी अरेबिया

चैत्र १, २०७३-महिलाहरुले अवसर नपाएको भनिएको कुनै देशमा महिला परिषद् गठन हुनु प्रेरणादायी खबर हुनसक्छ । साउदी अरेबियाले सोमबार यस्तै महिला परिषद सार्वजनिक गर्‍यो । अल क्वासिम राज्यमा सुरु गरिएको महिला परिषद्मा एउटा कुरा भने अनौठो थियो कि यो परिषद्मा कुनै महिला सदस्य थिएनन् । 

महिला परिषदको पहिलो बैठकको भनी सार्वजनिक गरिएको बैठकमा १३ जना पुरुष मात्रै सहभागी छन् । त्यहाँ जना पनि महिला देखिदैनन् । 

शनिबार भएको महिला परिषद्को बैठकमा पुरुषमात्रै भएको फोटो सार्वजनिक भएपछि फोटो सोसल मिडियामा हजारौं सेयर भएका छन् । 

महिला काउन्सिलकी अध्यक्ष अबिर बिन्त सलमानलाई तोकिएको छ । उनी प्रान्तका गभर्नर मिशाल बिन साउदकी पत्नी हुन् । काउन्सिलकी अध्यक्ष समेत फोटोमा कतै देखिन्नन्। 

परिषद्को बैठकको क्रममा महिलाहरुलाई छुट्टै कोठामा राखिएको थियो जसले भिडियो कन्फ्रेन्सबाट बैठक हेर्न सक्थे ।

 

प्रकाशित: चैत्र १, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार