भिडियो

'ग्रेट टिम वर्क' नै सफलताको कारण: ज्ञानेन्द्र मल्ल

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ३०, २०७३- नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार केन्यामाथी ७ विकेटको सानदार विजय हात पारेको छ। ५ पटक विश्वकप खेलिसकेको केन्यामाथी नेपालले एकदिवसीयमा पहिलो विजय हात पारेको हो । 
नियमीत कप्तान पारस खड्का अस्वस्थताका कारण केन्यासँगको दुबै खेल खेलेनन् । उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी जिम्मेवारी लिएका थिए । यसअघि पारसको अनुपस्थितिमा पनि ज्ञानेन्द्रले २ खेलमा नेपालको कप्तानी गरेका थिए । तर दुबै खेलमा नेपाल पराजित भएको थियो । 
त्यस अर्थमा सोमबारको विजय ज्ञानेन्द्रको कप्तानीमा नेपालको पहिलो विजय पनि हो । केन्यासँगको दोस्रो खेल र उनको ब्याटिङमा केन्द्रित रहेर ज्ञानेन्द्रले कान्तिपुरका लागि विनोद पाण्डेसँग गरेको कुराकानी

प्रकाशित: फाल्गुन ३०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार