हाम्रो नेपालमा

नक्कली नागरिकतामा तिब्बतीलाई मुद्दा

- कान्तिपुर संवाददाता , दोलखा

फाल्गुन २७, २०७३-जिरी गाविसलाई स्थायी ठेगाना उल्लेख गरी नेपाली नागरिकता लिएकी एक तिब्बती युवतीविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । २६ वर्षीया याङदोङलाई नक्कली नागरिकता र राहदानी बोकेको आरोपमा अध्यागमन विभागले दुई साताअघि काठमाडौंमा पक्राउ गरेको थियो । 

विभागले झन्डै दुई साता थुनामा राखेर ती युवतीलाई दोलखा प्रहरीमा बुझाएको हो । 

काठमाडौं जिल्ला अदालतले जाली राहदानीअन्तर्गत सजाय र जरिवाना तोकेकी ती युवतीलाई प्रहरीसमक्ष बुझाउनुपर्नेमा विभागले फागुन १७ देखि हिरासतमा राखेको हो । नेपाली बनेर स्वीट्जरल्यान्डका नागरिकसँग बिहे गरेकी उनलाई त्यहाँको सरकारले दुई वर्षपछि फिर्ता (डिपोर्ट) गरेको थियो ।

नेपाल मानव अधिकार संगठनले याङदोङलाई गैरकानुनी थुनामा राखेको भन्दै काठमाडौं जिल्ला अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो । 

प्रकाशित: फाल्गुन २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार