सूचना प्रविधि

यस्तो हुनेछ सामसङ ग्यालेक्सी एस एइट

- एजेन्सी, काठमाडौं

फाल्गुन २१, २०७३-सामसङले अबको केही समयभित्रै ग्यालेक्सी एस एइट स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

तर, स्मार्टफोन सार्वजनिक हुनुअघि नै त्यसबारे जानकारी लिक गर्न माहिर इभान ब्लासले यसको तस्बिर ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

उनले तस्बिरलाई सत्य मान्ने हो भने ग्यालेक्सी एस एइटमा फिजिकल बटन हुने छैन् र यसको स्क्रिन ग्यालेक्सी एस सेभेन एजको जस्तै छ । ब्लासको लिकमा अन्य जानकारी समावेश छैन् । 

 

ग्यालेक्सी नोट सेभेन पड्किने समस्या देखिएर बिक्री बन्द गर्नुपरेपछि सामसङ ग्यालेक्सी एस एइट लञ्च गर्न हतारिएको छ । 

 

प्रकाशित: फाल्गुन २१, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार