खेलकुद

टोकियोको खेलमा राईजिङ नेपाललाई उपाधी

- कान्तिपुर संवाददाता , टोकियो (जापान)

फाल्गुन १८, २०७३- जापानमा सम्पन्न एक खेलको उपाधी राईजिङ नेपालले हात पारेको छ । राजधानी टोकियोको हाचीओजीस्थित फुजीमोरी मैदानमा भएको खेलमा प्रतिद्धन्दी नेपाल युनाइटेड क्लवलाई हराएर उपाधी हात पारेको हो ।

हाइजीमा युथ क्लवले आयोजना गरेको प्रथम हिमालयन गोल्डकप फुटवलमा उपाधीका लागि प्रतिद्धन्दी युनाइटेड क्लवलाई ३–४ गोलले हराएको थियो । उपाधी हात पार्न खेलको अन्तिम सम्म भिडेको युनाइटेड क्लव राइजिङका अघि आक्रामक रुपमा उत्रिएको थियो ।

उपाधीसगैं राइजिङले २ लाख २ हजार २ सय २२ जापानी यान र शिल्ड हात पार्योभने दोश्रो बिजेता बनेको युनाइटेडले १ लाख १ हजार १ सय ११ जापानी यान नगद पायो । खेलमा उत्कृष्ट प्रर्दशन गरेका आधारमा पूर्वराष्ट्रिय खेलाडी भिषण गौचनलाई वेष्ट प्लेयरको उपाधी दिइयो । 
 
खेलमा राम्रो प्रर्दशनका आधारमा खेलाडी सन्तोष साहुखल र शुसिल शेरचनलाई पनि सम्मान गरिएको थियो । आयोजकका अनुसार आइतवार सम्पन्न खेलमा गैरआवासीय नेपाली सघंका उपाध्यक्ष टासीवांदी लामा कान्तोका प्रकाश थापाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित: फाल्गुन १८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार