खेलकुद

विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट- अमरसिंह सेमीफाइनलमा

- कान्तिपुर संवाददाता , पोखरा

फाल्गुन ६, २०७३- अमरसिंह नमूना उच्चमावि शुक्रबार बेसलाइन एकेडेमीलाई १२ रनले पराजित गर्दै विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिगको सेमिफाइनल पुगेको छ । अमरसिंहले १२.३ ओभरमै समेटिँदा ५८ रनमात्र बनायो । सुशान्त गिरीले १९ रन जोडे । बेसलाइनका रोशन न्यौपाने र समिर सेनले ४–४ विकेट लिएपछि अमरसिंह सस्तैमा समेटियो । 

सुशान्त गिरीले ४ र विमल मरहठ्ठाले ३ विकेट लिएपछि जवाफमा बेसलाइन पनि ४५ रनमै खुम्चियो । सुशान्त म्यान अफ द म्याच भए । 

अर्को खेलमा सत्यवती उमावि दमौलीले स्याङ्जाको सगरमाथा उमाविलाई ३४ रनले हरायो । सत्यवतीले ९ विकेट गुमाई १ सय १८ रन बनायो । विपुल वाग्लेले एक छक्का र सात चौकासहित ४५ रन र सन्जोग थापाले एक चौका र एक छक्कासहित २९ रन बनाए । सगरमाथाका माधव भट्टराई र विशाल गैरेले समान ३ विकेट लिए । जवाफमा सगरमाथा १७.१ ओभरमा समेटिँदा खातामा ८४ रनमात्र थियो । दिपेश गौतमले २४ र माधव भट्टराईले २१ रन जोडे । लालबहादुर थापाले ५ विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए । 

प्रतियोगितामा दुई दिनअघि परेको प्रोटेस्टका आधारमा कुमुदिनी होम्स सेमिफाइनल पुगेको छ । होम्सले स्याङजाको रोशनी बोर्डिङविरुद्ध उजुरी हालेको थियो । छानबिनमा रोशनीले नियमविपरीत खेलाडी समावेश गरेको पाइएको आयोजकले जनाएको छ ।

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार