समाचार

राहदानी किर्ते गर्ने २२ वर्षपछि पक्राउ

- देवनारायण साह, मोरङ

फाल्गुन ६, २०७३- राहदानी किर्ते मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुराकीको आधारमा सिरहा-१२ का कामेश्वर साहलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत सिरहाले २०५१ चैत ३० गते साहलाई राहदानी किर्ते मुद्दामा १ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । लुकिछिपी बस्दै आएका साहलाई उनकै घरबाट पक्राउ गरी कैद जरिवाना असुलीका लागि जिल्ला अदालत सिरहामा बुझाएको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।

 

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार