देश

कान्तिपुरको वार्षिकोत्सवमा रक्तदान

- कान्तिपुर संवाददाता , मोरङ

फाल्गुन ६, २०७३-कान्तिपुर पब्लिकेसन्स प्रालिको २४औं वार्षिकोत्सवको अवसरमा पब्लिकेसन्सको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । पब्लिकेसन्सका ८ जना र आगन्तुक १० जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेमा ६ जना महिला र १२ जना पुरुष छन् ।

 

पब्लिकेसन्सका अनुजलाल कर्ण, दामोदर कार्की, गंगाराम भण्डारी, रमेश नेपाल, विशाल कोइराला, सुवास भिमिरे, सन्दिप मण्डल र शान्ति बस्नेतले रक्तदान गरे । यस्तै, रक्तदान गर्ने अतिथिहरुमा पुनम चौधरी, नवनित कर्ण, सरिता कार्की थापा, यशोदा कार्की, अन्जन कोइराला, फणिन्द्र थापा, ऋचा दाहाल, मन्जु सापकोटा, दिपक बस्नेत र सुमन खड्काले छन् ।

तस्बिर: देवनारायण साह/कान्तिपुर

 

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार