समाचार

बालाजुमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ६, २०७३-काठमाडौंको बालाजु माछापोखरी नजिक आज (शुक्रबार) मध्यान्ह ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ ।

बालाजुतर्फ जाँदै गरेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट स्कुटीमा सवार मकवानपुर मनहरि-५ घर भएकी ३८ वर्षीया रिनाकुमारी राई र धादिङ खाल्टे-६ घर भएकी ३५ वर्षीया सोनिया थापामगरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते राई र थापामगरलाई उपचारका लागि टिचिङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव निरीक्षक (सई) गोकर्ण नेपालले जानकारी दिए ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार