समाचार

चोरी निकासी गरेको काठसहित ट्याक्टर नियन्त्रणमा

- रमेशचन्द्र अधिकारी, धनकुटा

फाल्गुन ६, २०७३- चोरी निकासी गरेको अवस्थामा प्रहरीले धनकुटाको हिले नजिकबाट बिहीबार राती सिसौका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

को.२ त ३०९८ नं.को ट्याक्टरमा राखेर सदरमुकामतर्फ लैजाँदै गरेको १ सय २२ थान सिसौका चिरान काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रातीको समयमा गैरकानुनी रुपमा काठ निकासी गरेको पाइएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रदीप राजभण्डारीले जानकारी दिए । नियन्त्रणमा लिइएको काठ र ट्याक्टर जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको उनले बताए ।

नियन्त्रणमा गरिएको ६१ दशमलव ६८ क्वीविक फिट काठको बजार मूल्य एक लाख बढी पर्ने इलाका वन कार्यालयका सहायक वन अधिकृत रामबाबु यादवले जानकारी दिए । वन कार्यालयले अनुसन्धान गरी कानुनी कारबाहीको लागि प्रक्रिया अघि बढाएको जनाएको छ ।


बरामत गरिएको काठ वन कार्यालयका प्राविधिक तथा प्रहरीले नापजॉच गर्दै । तस्बिर: रमेशचन्द्र अधिकारी/कान्तिपुर

 

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार