विश्व

सिरिया, यमन र अफगानिस्तानको आक्रमणमा ४६ जनाको मृत्यु

- एएफपी/सिन्ह्वा, बेरुत, साना, काबुल

फाल्गुन ६, २०७३-सिरिया, यमन र अफगानिस्तानको विभिन्न ठाउँमा भएको आक्रमणमा ४६ जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आईएस) आबद्ध टर्कीका आक्रमणकारीले बम प्रहार गर्दा सिरियामा २४ जनाको मृत्यु भएको छ । अनुगमनकर्ताहरूले मारिएका सबै नागरिक भएको बताए पनि टर्कीको सेनाले भने मारिएका सबै आतंककारी भएको दाबी गरेको छ ।

यस्तै यमनको राजधानीनजिकै एक अन्त्येष्टि कार्यक्रममा बुधबार राति भएको हवाई आक्रमणमा ९ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक बालिका र ८ महिला छन् । राष्ट्र संघका अनुसार दुई वर्षयता यमनमा जारी द्वन्द्वमा परी ७ हजार ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको विशेष सुरक्षा कारबाहीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । जलालाबादमा भएको कारबाहीमा उनीहरूको ज्यान गएको सरकारी अधिकारीले बिहीबार जनाएका छन् ।

 

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार