खेलकुद

डीपीएललाई रुस्लानको साथ

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ६, २०७३-सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) ले रुस्लान क्रिकेटको साथ पाएको छ । अर्को महिना धनगढीमा हुने प्रतियोगितामा रुस्लान सहप्रायोजकका रुपमा जोडिएको छ । रुस्लानले हालै रुस्लान कप क्रिकेटको दोस्रो संस्करण गरेको थियो ।

विभिन्न सहरका टोलीलाई फ्रेन्चाइज गरिएको डीपीएल चैत ५ देखि १९ सम्म धनगढीमा हुँदै छ । रुस्लान सहप्रायोजक भएवापतको रकम भने आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले खुलाएको छैन । डिसीएका अध्यक्ष सुवास शाही र रुस्लानका कानुनी विभाग प्रमुख गुरु अधिकारीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिताको अर्को सहप्रायोजक जगशक्ति टीएमटी बारले ७ लाख प्रदान गर्ने जनाइसकेको छ । सगरमाथा सिमेन्टले १५ लाख रुपैयाँमा मुख्य प्रायोजन गरिसकेको छ । डीपीएलमा विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, सीवाईसी अत्तरिया र टिम चौराहा धनगढीले प्रतिस्पर्धा गर्दै छन् । राष्ट्रियस्तरमा पहिलोपल्ट अक्सनमा खेलाडीको भाउ लगाइएको डीपीएल विजेताले १५ र उपविजेताले ७ लाख पाउने छन् । 

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार