अर्थ / वाणिज्य

नेप्से र कारोबार दुवै बढे

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ६, २०७३-अघिल्लो दिनको तुलनामा बिहीबार सेयर बजार परिसूचक नेप्से २७.०५ अंकले बढेर १ हजार ३ सय ४३.८५ बिन्दुमा उक्लेको छ । अघिल्लो दिन ४२ अंकले बढेको नेप्सेले अन्तिम कारोबार दिन पनि सोही प्रवृत्ति पछयाएको हो । उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’ समूहबाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से बढेको हो । 

हालसम्मको उच्चतम बिन्दु (१ हजार ८ सय ८१ बिन्दु) बाट नेप्से निकै तल ओर्लिएको र तरलता समस्या समाधान हुन लागेको संकेतका आधारमा लगानीकर्ताले बजारमा सेयर खरिद माग बढाएका छन् । यसले लगानीकर्ताको मनोबल बढाएकाले बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूले जनाएका छन् ।

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार