खेलकुद

मिरा राईलाई ३० लाखसहित सम्मान गर्ने सरकारको तयारी

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ५, २०७३-युवा तथा खेलकुद मन्त्रालयले अल्ट्रा धाविका मिरा राईलाई तीस लाख नगदसहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले यस्तो तयारी थालेको हो । अल्ट्रा धाविकाको रुपमा स्थापित भएकी मिरा राई यस वर्ष चर्चित टेलिभिजन नेशनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । उनी यतिबेला सोही पुरस्कार वितरणको तयारीको क्रममा अमेरिका पुगेकी छन् । 

यो पनि पढ्नुहोस् 

मिरा राई: 'अयोग्य' छापामारबाट च्याम्पियनसम्म 

भोजपुरकी मिरा राई किशोर उमेरमा माओवादी युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै पीएलए स्पोर्टस क्लबदेखि खेल जीवन सुरु गरेकी उनलाई अनमिनले अयोग्य लडाकु भन्दै शिविरबाट बाहिर निकालेको थियो ।

आर्थिक अभावका कारण मलेशिया जान पासपोर्ट समेत तयार पारेकी उनलाई बालाजु कराते डो–प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुबविक्रम मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए । 

मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा १७ वर्षअघि देखिको विश्व बिजेतालाई पछि पार्दै च्याम्पियन बनेकी थिइन् ।

प्रकाशित: फाल्गुन ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार