विश्व

प्रत्यक्ष प्रसारणमै दुई पत्रकारको हत्या

- बीबीसी, सान्तो दोमिन्गो

फाल्गुन ५, २०७३- क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकमा रेडियोको प्रत्यक्ष प्रसारणका क्रममा दुई पत्रकारको गोली हानी हत्या गरिएको छ । 

मारिनेमा रेडियो प्रस्तोता लुइस म्यानुअल मेडियना र निर्माता लियो मार्टिनेज छन् । तीमध्ये एक पत्रकार उक्त कार्यक्रम फेसबुक लाइभका लागि रेकर्ड गरिरहेका थिए । गोली प्रहारमा एक महिला घाइते भएकी छन् । घटनापछि सार्वजनिक एक फुटेजका अनुसार प्रत्यक्ष प्रसारणका क्रममा अचानक गोली चलेपछि हड्बडाएकी एक महिला ‘गोली चल्यो’ भन्दै चिच्याएकी देखिन्छिन् । घटना राजधानी सान्तो दोमिन्गोको पूर्वी क्षेत्रमा भएको हो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

२०१५ को अगस्टमा पनि अमेरिकाको भर्जिनियामा पनि दुई पत्रकारको लाइभ टीभी प्रसारणका क्रममा हत्या गरिएको थियो ।

प्रकाशित: फाल्गुन ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार