स्वास्थ्य

हाड, जोर्नी विशेषज्ञ सम्मेलन सुरु

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ५, २०७३-नेपाल अर्थोपेडिक एसोसिएसनको आयोजनामा राजधानीमा बुधबारदेखि हाडजोर्नी रोग विशेषज्ञहरूको तीनदिने सम्मेलन ‘अर्थोकोन २०१७’ सुरु भएको छ । 

सम्मेलनमा नेपाल, जापान, बंगलादेश, जर्मनी, भारत, थाइल्यान्ड, ताइवानलगायत मुलुकबाट करिब ३ सय हाडजोर्नी चिकित्सकको सहभागिता छ । एसोसिएसनका अध्यक्ष डा. दीपकप्रकाश महराले अंग प्रत्यारोपणलाई सरकारले स्वीकृति दिइसकेको परिस्थितिमा मुलुकमा बोन बैंक स्थापनाको माग गरेको बताए ।  कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले सरकारका तर्फबाट बोन बैंक स्थापना गर्न सघाउने आश्वासन दिए ।

प्रकाशित: फाल्गुन ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार