रोचक

यस्तो छ, दुवाईमा सुरु हुन लागेको ड्राइभर विनाको उड्ने ट्याक्सी

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ४, २०७३- निकट भविश्यमा नै स‌युक्त अरव इमिरेट्सको दुवाई सहरको आकाशमा चालकरहित ट्याक्सी उड्ने भएको छ । द न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले दिएको समाचार अनुसार उक्त यात्रु बोक्ने ड्रोनले एक जना यात्रु र एउटा सानो सुट्केश बोकेर उड्नेछ ।  

दुवाईको सडक तथा यातायात प्राधिकरणका निर्देशक म्याटर अल तयरका अनुसार अगामी जुलाइसम्ममा  यो आकाशमा उड्ने ट्याक्सीले दुवाईका आकाशमा उड्न सुरु गर्नेछन् ।  चार पङ्ख रहेको उक्त उड्ने ट्याक्सी बनाउने काम चिनियाँ कम्पनी इहाङ्लाई दिइएको छ । इहाङ् १८४ नाम दिइएको यो ड्रोनको एक पटक चार्ज गरिएको ब्याट्रीले ३१ माइल वा ३० मिनेटको यात्रा तय गर्ने छ । यसको अधिक्तम् गति एक सय माइल प्रतिघण्टा रहेपनि दुवाईमा यसलाई ६२ माइल प्रतिघण्टामा सिमित गराइएको छ । यसले २२० पौण्डसम्मको भारी बोक्न सक्नेछ । 

निर्माता कम्पनीले यसमा पर्याप्त सुरक्षा उपायहरु अपनाइएको पनि उल्लेख गरेको छ । उसका अनुसार कुनै कारणबस प्राविधिक गडवडी भएको अवस्थामा तत्काल नजिकको संभावित स्थानमा  सुरक्षित अवतरण गर्नेछ । यसलाई दुवाईको सडकमा बढ्दै गएको भारी सवारीलाई घटाउने पछिल्लो उपायको रुपमा आएको बताइएको छ । 

 शासक शेख मोहम्मद वीन रसिद अल मक्तोमले गत बर्ष सन् २०३० सम्ममा दुवाईको ३० प्रतिशत ट्राफिकको हिस्सा ड्राइभर नभएको साधनले लिने उल्लेख गरेका थिए । 

 

प्रकाशित: फाल्गुन ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार