सूचना प्रविधि

कुलप्याड स्मार्टफोन नेपालमा भित्रियो

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ३, २०७३-सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा छाइरहेको कुलप्याड स्मार्टफोन नेपाली बजारमा पनि भित्रिएको छ । जयमाँ इन्टरकन्टिनेन्टलले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कुलप्याड स्मार्टफोन नेपाली बजारमा भित्रिएको घोषणा गरिएको हो । उक्त अवसरमा कुलप्याड स्मार्टफोनको प्रमुख र विशेष कुलवान फोन पनि सार्वजनिक गरिएको थियो । 

कुलवान स्मार्टफोनमा आधुनिक प्रविधिसहितको डोयल क्यामरा, डोयल सीम लगायत विशेषता रहेको जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार कुलवान मोबाइल फोनको मूल्य ३० हजार ९ सय ९६ रुपैयाँ तोकिएको छ । 

 

प्रकाशित: फाल्गुन ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार