भिडियो

त्रिवि रेक्टर त्रिपाठीको गाडीमा आगजनी

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन २, २०७३-त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) सुधा त्रिपाठी को गाडीमा आगजनी गरिएको छ ।

अपरिचित दुई व्यक्तिले कुपण्डोलस्थित यूएन पार्क नजिकै बा २ च ५६३० नम्बरको मारुती सुजुकी गाडीमा आगजनी गरेका हुन् ।

आगजनीलगत्तै पुगेको प्रहरीले आगो निभाएको छ ।

अनेरास्ववियु अध्यक्ष नविना लामाले स्ववियु चुनाव भाँड्न शिक्षाध्यक्षको गाडीमा आगजनी गरिएको भन्दै भर्त्सना गरेकी छन् । ‘यसको जिम्मा कि चुनाव भाँड्ने संगठनले लिनुपर्छ,’ उनले भनिन्, ‘नभए राज्यले जिम्मेवारी लिनुपर्छ ।’

प्रकाशित: फाल्गुन २, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार