देश

घरकै बाकसमा मृत भेटिए बालक

- दुर्गालाल केसी, दाङ

फाल्गुन १, २०७३-दाङमा आइतबार एक बालक आफ्नै घरको बाकसमा मृत फेला परेका छन् ।

शनिबार घरबाट हराएको भनिएका पञ्चकुले–८ ढोलपुरका चित्रबहादुर डाँगीका ७ वर्षीय छोरा दिपेश आइतबार बिहान आफ्नै घरको बाकसमा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिएका छन् ।

शनिबार दिउँसो दिपेश हराएको भन्दै घरपरिवारले स्थानीय प्रहरीलाई खबर गरेका थिए । बालक हराएको खबर पाएपछि प्रहरी र स्थानीयले दिनभरी खोजतलास गर्दा पनि फेला परेका थिएनन् । आइतबार बिहान हजुरआमाले बाकस खोल्दा नाति बाकसभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म मृत्युको कारण खुल्न नसकेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

 

प्रकाशित: फाल्गुन १, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार