हाम्रो नेपालमा

सिँचाइ योजना अधुरै

- कान्तिपुर संवाददाता , दैलेख

माघ २७, २०७३-निर्माण सुरु भएको ३१ वर्षसम्म गीताचौर–रावतकोट सिँचाइ योजना पूरा नहुँदा स्थानीय किसान मर्कामा परेका छन् । उक्त योजना ०४२ सालबाट निर्माण थलिएको थियो । सिँचाइ डिभिजन कार्यालयले प्रत्येक वर्ष आयोजनाका लागि बजेट विनियोजन गर्दै आएको छ ।

आयोजनामा अहिलेसम्म करिब ४ करोड ८ लाख रुपैयाँ खर्च भइसकेको कार्यालयले जनायो । ३१ वर्षअघि मुहानमा बनाइएको कुलो अहिले जीर्ण बनेको छ । योजना क्षेत्रफलको हिसाबले पश्चिमी पहाडको सबैभन्दा ठूलो हो । डिभिजन कार्यालय सुर्खेतमा हुँदा मजदुरी गरेका स्थानीयले अझैसम्म ज्याला पाउन सकेका छैनन् । तर, दैलेखमै डिभिजन कार्यालय स्थापना भएदेखि पनि उक्त काम निरन्तर भइरहेको छ । विगतमा उपभोक्ता समिति र ठेकेदारकै लापरबाहीले सिँचाइ पूरा हुन नसकेको डिभिजन कार्यालय प्रमुख तारा वाग्लेले बताए ।

प्रकाशित: माघ २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार