रोचक

७६ वर्षमा १२ कक्षा उत्तीर्ण !

सोलुखुम्बु

माघ १३, २०७३-विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका छन् ।

गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा वीरेन्द्रज्योति उच्चमावि सोताङमा कक्षा ८ मा भर्ना हुनुभएका गिरीले त्यसपछि नियमित विद्यालय गएर २०६६ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । सुरुका दिनमा नातिनातिना उमेरका विद्यार्थीसँग पढ्दा असहज भएको भए पनि पछिल्ला दिनमा सहज भएको गिरीले बताए ।

एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्ने अभिलाषाका साथ कक्षा ११ मा भर्ना भएका गिरीले यस वर्ष उच्चमाध्यमिक तह उत्तीर्ण गरेको बताए । वृद्धभत्ताको रकम खर्च गरेर उच्च शिक्षा पढेको बताउने गिरी सोताङ बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने तयारीमा छन् ।

आफू पढ्न थालेपछि गाउँका थुप्रै बुहारीले पनि पढ्न उमेरले छेक्दैन भनेर कक्षा ११ मा भर्ना भएको उनी बताउँछन् । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्दा गिरीले विद्यालय पोसाकमा किताबको झोला बोकी सकेसम्म गयल नहुने प्रयास गर्थे । रासस

 

प्रकाशित: माघ १३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार