मनोरञ्जन

शाहरुखको प्यारमा करण ?

- एजेन्सी

माघ ५, २०७३-बलिउडमा करण जोहर जति फिल्म निर्माणलाई लिएर चर्चित छन्, उति नै उनको सम्बन्धलाई लिएर । चर्चित टीभी टक सो ‘कफी विथ करण’ का होस्ट करण पुरुष सेलिब्रिटीसँग पनि प्रेमिल झुकाव राख्छन् । जसले गर्दा उनी बेला बखत चर्चाको केन्द्रमा आइपुग्छन् ।

यतिबेला उनको एउटा भनाइले फेरि एकपटक गसिपमा छाएका छन् । करण जोहरले वर्षको सुरुवातमा ल्याएको पुस्तक ‘एन अनसुटेबल ब्वाई’ ले यतिबेला धेरै निजी कहानी र रोचक घटनाहरूको पर्दाफास गरिदिएको छ । जसले गर्दा पुस्तक र लेखक दुवै हिट भइरहेका छन् । सोमबार साँझ पुस्तक सार्वजनिक समारोहमा उपस्थित करणले शाहरुखसँगको निकट सम्बन्धबारे खुलासा मात्रै गरेनन्, अब उप्रान्त पिता बन्न चाहेको पनि बताए । ‘जब म आफ्नो पिता यश जोहरको फिल्म कारोबारलाई भर्खरभर्खर बुझ्न थालेको थिएँ, त्यो बेला पितासँगै म ‘डुप्लिकेट’ फिल्मको स्क्रिप्ट बोकेर शाहरुखको घर पुगेको थिएँ । शाहरूखको मेरो पिताप्रतिको आदर र सम्मान देखेर नै म पग्लिएको थिएँ । त्यो अनुभूति मेरोलाई अद्भुत खालको थियो । त्यसै बेलादेखि नै शाहरुखसँग मेरो माया बसेको हो,’ करण जोहरले भने ।

तर करण र शाहरुखको प्रेममा समयसमयमा अवरोध पनि नआएको हैन । बीचमा केही समय त दुवैबीच बोलचालसम्म पनि भएन । पछि नायिका दिपीका पादुकोणले राखेको एक पार्टीमा दुवैबीच सौहार्दपूर्ण भेट भयो र सम्बन्धले पुन: निरन्तरता पाएको थियो । ‘सबै सम्बन्धमा उतारचढाव भन्ने हुन्छ । हामी पनि डिप लभमा थियौं । म उनलाई आदर गर्छु । यो सम्बन्ध, यो नाता सधैंका लागि कायम रहनेछ,’ करणले शाहरुखप्रति माया दर्साउँदै थपे । शाहरुखले पनि आफूलाई करणले राम्रोसँग बुझेको जिकिर गरे । ‘करण यस्ता मान्छे हुन् जो मलाई राम्रोसँग बुझेका छन् । उनीसँग म घन्टौं कुरा गर्न सक्छु,’ पुस्तक विमोचनमा उपस्थित शाहरुखले भने । करणले पुस्तकको एउटा च्याप्टर नै शाहरुखका लागि खर्चेका छन् ।

प्रकाशित: माघ ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार