समाचार

सरकार उल्टो बाटो लाग्यो : एमाले नेता पोखरेल

- अमृता अनमोल, बुटवल

पुस २८, २०७३- एमाले नेता शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव ल्याएर सरकार उल्टो बाटोमा लागेको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले चुनाव गराउने र संविधान कार्यान्वयन गराउने दायित्व पुरा गराउनु साटो संशोधन प्रस्ताव ल्याएर विवाद बढाउने र देशलाई अधो गतितिर लैजान लागेको आरोप लगाए। 

चुनावबाट भाग्न र विवाद बढाउन मात्रै सत्तारुढ दलले १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने संविधान संशोधन प्रस्ताव ल्याएको दाबी समेत गरे । चोर बाटोबाट आएको संविधान संशोधन प्रस्तावलाई संसदमा सहीबाटोबाट छलफल हुन र पारित हुन नदिने उनको जीकिर थियो । 

संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित भएकाले संसदमा त्यसको विरोध र आलोचना गर्ने काम भने निरन्तर गर्ने नेता पोखरेलले बताए । नेता पोखरेलले प्रदेश सीमा क्षेत्रमा पहाड र तराई अलग्याउनु, भाषा र नागरिकतामा उठाइएको संशोधन प्रस्तावले तराई र पहाडमा दुईखाले राष्ट्रियता बढाउनु र देशलाई टुक्र्याउने दिशामा लाग्नु भएकाले मधेसकै नागरिकसमेत विपक्षमा रहेको दाबी गरे ।

प्रकाशित: पुस २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार