समाचार

वरिष्ठ पत्रकार उपाध्यायको अन्त्येष्टी

- कान्तिपुर संवाददाता , काठमाडौं

पुस २८, २०७३- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले वरिष्ठ पत्रकार मणिराज उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै उनी चेतना र सूचनाका तपस्वी भएको बताएका छन् ।

पशुपति आर्यघाटमा बिहीबार बिहान गरिएको श्रद्धाञ्जलि कार्यक्रममा मन्त्री कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गरे । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष उपाध्यायको बुधबारराति हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गरे ।

महासङ्घका पूर्वसभापति हरिहर विरहीले आफ्नो स्वाभिमान र मुलुकको हितमा कसैसँग उपाध्यायले सम्झौता नगरेको बताए ।

महासङ्घका अध्यक्ष महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिए । उपाध्यायको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । रासस

 

प्रकाशित: पुस २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार