समाचार

रामेछापमा मिनीट्रक दुर्घटना, दुईको मृत्यु

- टीकाप्रसाद भट्ट, रामेछाप

पुस २८, २०७३-रामेछापको पकरबास गाविसमा बुधबारराति बालुवा बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।

 

तामकोसीबाट बालुवा लिएर गाल्वातर्फ गइरहेको बा ४ ख १७५५ नम्बरको उक्त मिनीट्रक पकरवासको ठाँटी नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा रामेछाप भिरापानी-१ सित्खाका २० वर्षीय दिनेश माझी र १९ वर्षीय कुमार माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी घाईते सित्खाकै जुगल मगरको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

 

प्रकाशित: पुस २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार