अन्य

वृत्तचित्र यात्रा हुँदै

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २८, २०७३-किरात राई पत्रकार संघ केन्द्रीय समितिको आयोजनामा आउँदो मंसिर तेस्रो हप्ताबाट वृत्तचित्र यात्रा हुने भएको छ । 

इलामबाट सुरु हुने वृत्तचित्र यात्रा पूर्वाञ्चलका सवै जिल्लामा प्रदर्शन पश्चात राजधानीमा भब्य समापन गरिने कार्यक्रम संयोजक सन्दिप राईले बताए ।  किरात राई पत्रकार संघले स्थापना कालबाट नै सम्पूर्ण किरात राई पत्रकारहरुलाई एकताबद्ध गर्दै उच्च व्यवसायिक अभ्यास, प्राज्ञिक अध्ययन अनुसन्धान तथा ऐतिहासिक विषयवस्तुहरुको दस्तावेजीकरण गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप वृत्तचित्र यात्रा २०७३ गर्न लागिएको उनले बताए । 

अग्रजले इतिहासमा पुर्‍याएको योगदान स्थानीय तहसम्म वृत्तचित्र मार्फत जानकारी गराउनु र नेपाली राजनीतिमा झनझन पेचिलो बन्दै गएको पहिचानका मुद्दासम्बन्धी आमसमुदायमा रहेको भ्रमको चिरफार गरी वास्तविकता उजागर गर्नु यस यात्राको उद्देय रहेको छ । 

यसको साथै किरात राई पत्रकार संघलाई संस्थागत रुपमा अगाडि बढाउन यस यात्राबाट जुटेको रकमले किरात राई पत्रकार कल्याणकारी कोष समेत स्थापना गरिने उनले बताए । यस वृत्तचित्र यात्रामा पत्रकार जसकुमार राईद्वारा सहिद रत्नकुमार वान्तावाको जीवनीमा निर्माण तथा निर्देशन गरिएको वृतचित्र ‘बलिदान कहिले मर्दैन’ र किरात राई पत्रकार संघका निबर्तमान अध्यक्ष भीषण राईद्वारा पहिचानको विषयमा  निर्देशित वृतचित्र  ‘पहिचान’ प्रर्दशन गरिने छ । 

‘वृत्तचित्र यात्रा २०७३’ कार्यक्रम तालिका 

१. इलाम         मंसिर १७ गते         

२. झापा        मंसिर १९ गते        

३. मोरङ        मंसिर २० गते         

४. इटहरी         मंसिर २१ गते        

५. धरान        मंसिर २३ गते         

६. धनकुटा         मंसिर २५ गते        

७. भोजपुर        मंसिर २७ गते        

८. संखुवासभा        मंसिर २९ गते        

९. उदयपुर        पुस १ गते        

१०. खोटाङ        पुस ३ गते        

११. ओखलढुंगा     पुस ५ गते        

१२. सोलुखुम्बु     पुस ७ गते        

१३. काठमाडौं        पुष १३ गते      

प्रकाशित: कार्तिक २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार