खेलकुद

महिला टिम हङकङ जाँदै

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २०, २०७३-महिला क्रिकेटको विश्वकप छनोटमा सहभागी हुन नेपाली राष्ट्रिय टिम बिहीबार हङकङतर्फ प्रस्थान गर्दैछ । 

आइतबार सुरु हुने एसियाली छनोटमा आयोजक हङकङ, चीन, थाइल्यान्ड र नेपालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा आइतबार हङकङको सामना गर्नेछ । उनीहरूले एक–अर्काविरुद्ध दुई–दुई खेल खेल्नेछन् र शीर्षस्थानमा रहने टिमले विश्वकपको अन्तिम छनोटमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

प्रशिक्षक राजु बस्न्यातले सम्हालेको नेपाली टिम एक महिना बढी तयारी गरेर छनोटमा सहभागी हुन लागेको हो । दुई वर्षअघि भएको इन्चोन एसियाडयता नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । कप्तानमा रुविना क्षत्री निरन्तर छिन् भने १४ खेलाडीको टिममा पाँच खेलाडी फेरिएका छन् ।

निर्मला शाही, ज्योति पाण्डे र शवनम राईले पनि पहिलोपल्ट राष्ट्रिय टिममा स्थान पाएका छन् भने रोशनी बोहरा र रश्मी शर्माले पुनरागमन गरेका छन् ।

सीता रानामगरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । नेरी थापा, सरिता मगर, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरस्वती चौधरी र इन्दु बर्मा टिममा यथावत् छन् ।

प्रकाशित: आश्विन २०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार