समाचार

हिमाल साउथ एसियाको प्रकाशन बन्द हुने

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र ८, २०७३- साउथ एसिया ट्रष्टले २९ वर्षयता प्रकाशन गर्दै आएको ‘हिमाल साउथ एशियन’ म्यागेजिन बन्द हुने भएको छ ।

प्रकाशक ट्रस्टले बुधबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाली सामाजिक–राजनीतिक मुद्धालाई प्रमुखताका साथ स्थान दिंदै ‘हिमाल साउथ एसियन’ प्रकाशन गर्ने क्रममा राज्य तहबाट विभिन्न चरणमा असहयोग भएको आरोप लगाएको छ । उसले खुला समाज निर्माणका दिशामा उन्मुख उक्त ‘क्रस–बोर्डर’ प्रकाशन बन्द गराउन राज्यले लक्षित कार्यशैली अपनाएको आरोप पनि लगाएको छ । ‘हामीसँग कार्यरत विदेशी मुलका सम्पादकीय टोलीका लागि यहाँ कार्य–अनुमति (वर्क–परमिट) लिन कठीनाइ भएको छ, अन्तर्राष्ट्रिय तहबाट लेखनमा सहयोग गर्ने सहयोगीलाई पारिश्रमिक जुटाउन पनि नसकेको अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ ।

पुर्वसूचना वा स्पष्टीकरणबिनै ट्रष्टको प्रकाशन हिमालका लागि प्राप्त हुँदै आएको अनुदान ७ महिनायता रोक्का भएकाले कठिनाइ उब्जिएको पनि बिज्ञप्तीमा उल्लेख छ । हिमाल साउन एसियनमाथि २०७१ वैशाखमा व्यवस्थापिका संसद्मै दोषारोपण हुँदा तथा प्रकाशनका संस्थापक सम्पादक एवं ट्रष्टका अध्यक्ष पत्रकार कनकमणि दीक्षितमाथि एक वर्षयता प्रहार हुँदा पनि प्रकाशनमा आँच आउन नदिएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तिअनुसार म्यागजिन आगामी मंसिरसम्म प्रकाशन हुनेछ ।  

 

प्रकाशित: भाद्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार