नेपाली कांग्रेस महाधिवेशन

खुलातर्फका २५ केन्द्रीय सदस्यको टुंगो लाग्यो

  • शेखर कोइरालालाई सबैभन्दा धेरै मत
- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र १, २०७२-नेपाली कांग्रेसको खुलातर्फका २५ केन्द्रीय सदस्यको टुंगो लागेको छ ।

सोमबार सकिएको मतगणना अनुसार डा. शेखर कोइरालाले सबैभन्दा बढी १८४८ मत प्राप्त गरेका छन् । त्यस्तै, खुमबहादुर खड्का १८४६ मत र प्रकाशमान सिंह १७९५ मतसहित दोस्रो र तेस्रो भएका छन् ।

मत परिणाम अनुसार नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूहका १४ जना विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहका ११ जना विजयी भए । केन्द्रीय सदस्यमा खुल्लातर्फ विश्वप्रकाश शर्मा, रमेश लेखक नयाँ अनुहार हुन् । प्रदिप पौडेललाई तत्कालिन सभापति सुशील कोइरालाले मनोनयन गरेका थिए ।

 

 

प्रकाशित: चैत्र १, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार