नेपाली कांग्रेस महाधिवेशन

महिला आरक्षणमा ६ जना निर्वाचित

  • नेतृ मीना पाण्डे भने पराजित
- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन २९, २०७२-कांग्रेसको १३ औं महाधिवेशनमा महिला आरक्षण सिटमा ६ जना निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महिला कोटाबाट डिला संग्रौला, पुष्पा भूसाल, कमला पन्त, सरिता प्रसाईं, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने विजयी भएका छन् ।

निर्वाचित भएकामध्ये संग्रौला, भूसाल, बस्नेत र न्यौपाने नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूह तथा पन्त र प्रसाईं रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार भएका थिए ।

कांग्रेसकी अग्रज महिला नेतृ मीना पाण्डे भने पराजित भएकी छन् ।

 

प्रकाशित: फाल्गुन २९, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार