फिचर

नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु

- कान्तिपुर संवाददाता , काठमाडौं

माघ १५, २०७२- पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्डमा नेपाल लिटरेचर फेस्टिभलको पाँचौं संस्करण सुरु भएको छ । फेस्टिभलमा साहित्य, सिनेमा र राजनीति लगायतका विषयमा सयभन्दा बढी वक्ताहरुले बोल्नेछन् ।

यसअघि काठमाडौंमा हुँदै आएको यो फेस्टिभलको पाँचौं संस्करणको आयोजना बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले संयुक्त रुपमा गरेका छन् ।

फेस्टिभलको उद्घाटन जेपी क्रसले गर्नेछन् भने ‘कि नोट स्पिच’ डा. पिताम्बर शर्माले दिनेछन् । यसपटक विदेशी लेखकका रुपमा भारतीय पत्रकार बर्षा दत्त र लेखिका इरा त्रिवेदी हुनेछन् । 


महोत्सवको पहिलो दिन केही राजनीतिक विषयमा छलफल हुनेछन् । ‘कस्तो नयाँ शक्ति’ शीर्षकमा डा.बाबुराम भट्टराईले कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा र एमाले सचिव योगेश भट्टराईसँग बहस गर्नेछन् । यसै दिन सांसद् तथा एमाले नेता रवीन्द्र अधिकारीको नयाँ किताब ‘समृद्ध नेपाल’ विमोचन कार्यक्रममा झलक सुवेदी, स्वर्णीम वाग्ले र सूर्यराज आचार्यले यसै विषयमा बहस गर्नेछन् ।

अाज नै भाषाबारे शरच्चन्द्र वस्ती र खगेन्द्र संग्रौलाले छलफल गर्नेछन् भने कविताबारे श्रवण मुकारुङ, मनु मञ्जील, सरिता तिवारीले बहस गर्नेछन् । यस्तै, दोस्रो पुस्तक लेखनको सकसबारे नारायण वाग्ले र बुद्धिसागरको सेसन हुनेछ ।

यस फेस्टिभलको महत्वपूर्ण सेसनहरुको ईकान्तिपुर डटकमको यूट्युब च्यानल ईकेच्यानलमा हेर्न सकिने ।

लाइभ भिडियो हेर्नुहोस्
 

 

प्रकाशित: माघ १५, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार