समाचार

काठमाडौंमा प्रहरीद्वारा २० जना पक्राउ

- कान्तिपुर संवाददाता , काठमाडौं

पुस १६, २०७२- प्रहरीले लागु औषध कारोबार तथा चोरी अभियोगमा २०  जना बढीलाई पक्राउ गरेको छ । महानगरीय परिसर अन्र्तगतको विभिन्न वृतहरुले संगठति रुपमा लागु औषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको हो । विहीबार परिसर कार्यालय टेकुमा पत्रकार सम्मेलन गर्दै थान वृतका डिएसपी डिल्लीराज पन्तले उपत्यका बाहिरबाट सवारी साधनमा लुकाई ल्याइ रहेको अवस्थामा गाँजा, कोरेक्स जस्ता लागु पदार्थ बरामदर गरेको जानकारी दिए ।  उनका अनुसार नुवाकोटका सुरेश गिरी, बाँकेका कुशल भट्टराई, धादिङका विशाल तामाङ, सिन्धुपाल्चोकाका राजु खडालाई पक्राउ गरेको हो । सर्लाहीका आशिष रेग्मी, सर्लाहीकै लक्ष्मण खडका र सुवास श्रेष्ठलाई पक्राउ गरिएको पन्तले बताए ।

त्यसैगरी बाराका चन्द्र शर्मा, ललितपुरका रुदेन थापा र बाराका सुभराज लामालाई पनि लागु औषध कारोबारको पक्राउ अभियोगमा पक्राउ गरेको छ । उनीहरुको साथबाट ठूलो परिणाममा करेक्स लगायतका लागु पदार्थ बराद गरिएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
 त्यस्तै गरी कालीमाटी बृतले राजधानीका विभिन्न स्थानमा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । गुल्मीका बहादुर कुमाल र विष्णुबहादुर कुमालाई चोरी अभियोगमा पक्राउ छ ।   चोरीकै अभियोगमा महाराजगंज प्रहरी वृतले ६ जनालाई पक्राउ गरेको छ । भारत हैदराद भएका सुरेश मटम, बब्लु गिरी, नरेश गिरी, टिराज गिरी, सुरेश गिरी र राजु अधिकारीलाई पक्रा गरिएको महाराजगंज वृतका डिएसपी विश्वमणि पोखरेले बताए ।

 

प्रकाशित: पुस १६, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार