एनअारएन सम्मेलन विशेष

एनआरएनए अध्यक्षका उम्मेद्‌वार रतन झाद्वारा उम्मेद्‌वारी फिर्ता

- कृष्ण आचार्य , काठमाडौं

आश्विन २८, २०७२-नयाँ नेतृत्व चयनका लागि विदेशमा बसेका डायस्पोराको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनमा अध्यक्षका प्रत्याशी मध्येका रतन झाले उम्मेद्‌वारी फिर्ता लिएका छन् । उनले एनआरएनए एकताको लागि उम्मेद्‌वारी फिर्ता लिएको जानकारी दिए ।

उनले शेष घलेलाई सघाउने भएका छन् । मतदान १ बजेदेखि साँझसम्म हुनेछ ।

अर्का अध्यक्ष प्रत्याशी टिबी कार्कीलाई उम्मेद्‌वारी फिर्ता लिन आग्रह गरि राखिएको सम्मेलनमा सहभागीले जनाएका छन् । कार्कीले पनि उम्मेद्‌वारी फिर्ता लिएमा घले एनआरएनए अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् ।

यस्तै एशिया संयाेज सोमचाई क्षेत्रीले पनि अाफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रकाशित: आश्विन २८, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार