एनअारएन सम्मेलन विशेष

गैरआवासीय नेपाली संघ महासचिवमा तिमिल्सिनाको उम्मेदवारी

- कान्तिपुर संवाददाता, काठमाडौं

आश्विन २३, २०७२-गैरआवासिय नेपाली संघ (एनआरएनए) को  महासचिव पदमा स्पेन बस्दै आएका पुष्पराज तिमिल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् ।

उनी सन् २०११ देखि अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य र २०१३ देखि केन्द्रीय सल्लाहकार छन् । अघिल्लो महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए  ।

स्पेनीसँगको संयुक्त लगानीमा नेपालमा उनले विभिन्न औद्योगिक तथा व्यावसायिक गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । व्यभेरासोल हाउजिङ कम्पनी पोखरा, बुद्ध पावर एण्ड मील प्रालि, धवलागिरी कालिका हाइड्रो कम्पनी र प्रवासी ट्रेडिङ कम्पनी प्रालि स्पेनीसागको संयुक्त लगानीमा सञ्चालित प्रतिष्ठान हुन् ।

उनले नेपाली व्यवसायीहरुको साथमा बार्सिलोनामा ओला नेपाल रेष्टुरेन्ट र ग्रासीया सुपर मार्केट सञ्चालन गरिरहेका छन् । त्यसैगरी विदेशी संयुक्त लगानीमा प्रस्तावित पुरा हाइड्रो पावर कम्पनी पनि सञ्चालनको क्रममा रहेको उनले बताएका छन् ।

 

प्रकाशित: आश्विन २३, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार