एनअारएन सम्मेलन विशेष

आइसीसीमा प्रसार्इंको दाबी

- कान्तिपुर संवाददाता, काठमाडौं

आश्विन २२, २०७२-निरञ्जन प्रसाईले एनआरएन आइसीसीको युथ कोर्डिनेटरमा उमेदवारी दाबी गरेका छन् । एनआएरएन एनसीसी र एनआरएन आइसीसीबीचको दुरी कम गर्ने प्रमुख योजना रहेको उनले बताए ।

उनले देशमा रोजगारको अभाबमा बिदेशिने युवालाई समेत विदेश जानुपुर्व स्वदेशमा बिभिन्न तालिम प्रदान गर्ने योजना आफूसंग भएको बताए । एकेडेमिक एलायन्सको गठन गरी स्वदेशमा रहेका बेरोजगार युवालाई सीप प्रदान गर्ने उनको योजना छ ।

अष्ट्रेलियाको स्थायी बसोबासी प्रसाईले हाल नेपालमा पनि विभिन्न व्यवसायमा लगानी गरेका छन् । नेपालबाट बिदेश गएका युवालाई समेत नेपालमा ल्याई उनिहरुको सिपलाई तालीम मार्फत अन्य युवालाई बाँड्न आवश्यक भएको उनको बुझाइ छ ।

प्रकाशित: आश्विन २२, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार