गन्तब्य

नाथुला हुँदै मानसरोवर

- पर्वत पोर्तेल , गान्तोक (सिक्किम)
नाथुला हुँदै मानसरोवर

असार १२, २०७२-

तिब्बतसँग सीमा जोडिएको सिक्किमको नाथुला मार्गबाट कैलाश मानसरोवर यात्रा सुरु भएको छ । ती दुवै हिन्दु धर्मावलम्बीका पवित्र स्थल हुन् ।

पहिलो चरणमा भारतले गत मंगलबार ४३ यात्री नाथुला मानसरोवर गएका छन् । तिब्बतका लागि भारतीय महावाणिज्यदूत श्रीलादत्त कुमारले उनीहरूको स्वागत गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मेमा चीन भ्रमणका बेला उक्त मार्ग खोल्न चिनियाँ समकक्षी ली खछ्याङसँग आग्रह गरेका थिए । सन् २०१४ सेप्टेम्बरमा भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि उक्त मार्ग खोल्ने आश्वासन दिएका थिए ।

यस वर्ष नाथुला हुँदै मानसरोवर जान २ सय ५० जनाले अनुमति लिएको सिक्किमका पर्यटन मन्त्री उगेन टी ग्याल्छो भुटियाले बताए । यसअघि अधिकांश भारतीय तीर्थयात्री नेपालको दार्चुला लिपुलेक हुँदै कैलाश मानसरोवर पुग्थे । सन् २०१३ को बाढीका कारण दार्चुला पुग्ने बाटो क्षतिग्रस्त छ । त्यसयता भारतीय तीर्थयात्रीले उक्त मार्ग प्रयोग गर्न पाएका छैनन् ।

समुद्री सतहबाट करिब ६ हजार ५ सय मिटर उचाइमा रहेको मानसरोवर नाथुलाबाट करिब १ हजार ५ सय किलोमिटर टाढा पर्छ । उक्त क्षेत्र चीनले सन् १९८१ देखि पर्यटकका लागि खुला गरेको हो । प्राचीन सिल्क रुटमा पर्ने नाथुला सन् १९६२ को भारत–चीन युद्धपछि बन्द थियो । द्विपक्षीय व्यापारका लागि सन् २००६ मा खोलियो । तर, विकट भूगोल र साँघुरो ‘लिंक रोड’का कारण त्यसबाट भारत–चीन व्यापार अपेक्षाकृत फस्टाउन सकेको छैन ।

भारतबाट २९ र चीनबाट १५ वस्तु निकासी हुन्छन् । हिउँ पग्लेपछिका ६ महिना मात्र उक्त नाकाबाट सामान आयात–निर्यात गर्न सकिन्छ । व्यापारमा उल्लेख्य योगदान दिन नसकेको नाकालाई भारतले धार्मिक पर्यटनका लागि प्रयोग गर्ने योजना बनाएको हो ।

प्रकाशित: असार १२, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार