समाचार

सेवाग्राहीलाई नालीबेलीको उपहार

- कान्तिपुर संवाददाता, काठमाडौ

माघ १६, २०७१-

मोटरसाइकल, कार, जिपलगायत सवारीसाधनको कर कहाँ र कति तिर्ने ? कति सीसी मोटरसाइकल र गाडीको कति मूल्य ? वडाको नक्सा दर्ता गर्नुपरे के-के कागजात, कति रकम चाहिन्छ ? यी र यस्तै समस्याहरूको उत्तर दिंदै सेवाग्राहीलाई सरकारी सेवाबारेको सूचना प्रवाहित गर्ने लक्ष्यले ज्ञानेश्वरमा सुरुआत गरिएको गल्ली-गल्ली संस्था बिहीबार दुई वर्ष पुगेको छ ।

गल्ली-गल्लीले नालीबेलीडटओआरजी वेबपेज मार्फज आमजनतामा सरकारी सेवा लिनुभन्दा अघि हुने झन्झटलाई कम गर्दै आएको छ । सात युवा मिलेर सञ्चालन हुँदै आएको यो संस्थाकी संस्थापक सुरभि पुडासैनीले भनिन्,'सेवाग्राहीलाई सरकारी सेवाबारेको जानकारी र सेवा लिने तरिका सिकाउनु गल्ली-गल्लीको मुख्य उद्देश्य हो ।'

नालीबेलीमा अंग्रेजी र नेपाली दुवै भाषामा सेवाका बारेमा जानकारी पाउन सकिन्छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले दुई वर्षमा युवाहरूको यो संस्थाले गरेको कामलाई लिएर भने,'सूचना र प्रविधिको प्रयोगले सेवाग्राहीलाई सेवा लिन सजिलो हुने अवस्था आएको छ । जुन काम यो संस्थाले गरेको छ ।'

प्रकाशित: माघ १६, २०७१

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार