अर्थ / वाणिज्य

४८ हजारलाई व्यावसायिक साक्षर बनाइने

- कान्तिपुर संवाददाता, काठमाडौ

श्रावण ५, २०७१-

अमेरिकी विकास नियोग (यूएसएआईडी) को सहयोगमा सुदूर र मध्यपश्चिमका ४८ हजारलाई तीन वर्षभित्र अंक र अक्षरमा आधारित व्यावसायिक साक्षर बनाउने सीप सिकाइने भएको छ ।

२०१७ सम्म सञ्चालन हुने कार्यक्रममा यूएसएआईडीले ४० लाख अमेरिकी डलर सहयोग गर्नेछ । भावी पुस्तालाई खाद्य कार्यक्रम (फिड द फ्युचर) को एउटा हिस्सा मानिएको कार्यक्रमको जोखिममा रहेका घरपरिवारको जीवनयापनको स्तर वृद्धि गर्ने उद्देश्य रहेको छ । ६ करोड ६० लाख अमेरिकी डलर लागतको फिड द फ्युचरको समय अवधि पाँच वर्ष छ । यस कार्यक्रमअन्तर्गत पिछडिएका र अध्ययन नगरेका नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीमा निरुत्साहित हुने र आफ्नै मुलुकमा उद्यमी बन्ने विश्वास नियोगको छ ।  

यूएसएआईडीको उक्त कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री रामशरण महतले भने, 'यस्ता कार्यक्रमले गाउँस्तरबाट नागरिक सक्षम हुँदै आउने र उनीहरू आफूमा आत्मनिर्भर समेत हुनेछन् ।' उनले यसबाट नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान निरुत्साहित हुने सरकारको विश्वास रहेर यस्तो कार्यक्रमलाई सरकारले स्वीकार गरेको बताए । मेहनत गरे नेपालमा नै धेरै गर्न सकिने उनले बताए । यसअघि सन् २००८ देखि २०१२ सम्म सञ्चालन गरेको उद्यमी साक्षरता तालिमले नेपालको मध्य पश्चिम क्षेत्रका ३२ हजारभन्दा बढी युवा, महिला तथा पिछडिएका समुदायका लागि जीवनयापनको जग बसाउने काम गरेको दाबी यूएसएआईडीको छ ।

 यूएसएआईडी नेपालकी मिसन निर्देशक, बेथ डनफोर्डले भनिन्, 'अनुभवबाट हामीले यो थाहा पाएका छौं कि स्वास्थ्य, पोषण तथा उद्यमी साक्षरताको कृषसिँग सम्बन्ध स्थापित गराउँदा मानिसहरूलाई गरिबीबाट मुक्त गराउने सम्भावनामा अधिक वृद्धि हुन्छ ।' यूएसएआईडीले विगतमा सञ्चालन गरेको उद्यमी साक्षरता तालिमबाट लाभान्वित दाङकी नैना चौधरीले भनिन्, 'सानी छँदै नै कमलरी भई अर्काको घरमा नै बसें । कमलरी मुक्त भएपछि मैले बिहे गरें भने आम्दानीको लागि कुनै पनि सीप थिएन । तर उद्यमी साक्षरता तथा कृष िउत्पादकत्व तालिमले गर्दा म तरकारी व्यवसायकी मालिक बनेकी छु । मेरोे महत्त्वकांक्षा बढ्दो छ ।'

 

प्रकाशित: श्रावण ५, २०७१

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार