ध्वस्त बनाइँदै डाँडाकाँडा

  • मिलेमतोमै बालुवा, माटो, ढुंगा धमाधम बिक्री
दीपेन्द्र विष्ट, लीला श्रेष्ठ, फाल्गुन १७, २०७३
तीन वर्षअघि चाबहिल–साँखु सडक खण्डको दायाँबायाँ निकै हरियाली देखिन्थ्यो । थलीदेखि साँखुसम्मको सडकखण्ड त झनै हरिया रुखले ढपक्क ढाकिएको थियो । तर, एक वर्षकै अन्तरमा जग्गा प्लटिङ व्यवसायीले अग्ला डाँडा सम्याएपछि अहिले कतै हरियाली देखिँदैन ।
पूरा पढ्नुहोस् »

प्रतिबद्धता अनुसार जलविद्युत्‌मा लागनी गर्दैनन् बैंक

  • जलविद्युत्मा बैंकको लगानी
 प्रतिबद्धता अनुसार जलविद्युत्‌मा लागनी गर्दैनन् बैंक

यज्ञ बञ्जाडे, काठमाडौं, फाल्गुन १७, २०७३
आयोजनाको निर्माण सुस्त हुँदा जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आफ्नै प्रतिबद्धताअनुसार लगानी गर्न सकेका छैनन् । राजनीतिक अस्थिरता, स्थानीयको अवरोध र जलविद्युत् अनुमति पत्र लिएर मात्र बस्ने प्रवृत्तिले अधिकांश आयोजनाको गति सुस्त छ । यसले गर्दा बैंकहरूले जलविद्युत् क्षेत्रमा गरेको प्रतिबद्धताको करिब दुई तिहाइ रकम लगानी हुन सकेको छैन ।
पूरा पढ्नुहोस्
  • तुइनमुक्त हुँदै कालिकोट

    तुइनमुक्त हुँदै कालिकोट
    तुलाराम पाण्डे, फाल्गुन १७, २०७३
    तुइनबाट कर्णाली तर्दा ५ वर्षअघि खसेर बेपत्ता भएका माल्कोट–७ का ३० वर्षीय मञ्ज बोहराका काका रतने सोमबार खुलालु पुल उद्घाटन हुने सुनेर खुसी हुँदै ४ घण्टा पैदल ओरालो झरे । सशस्त्र द्वन्द्वमा बाबियाको लठ्ठामा झुन्डिएर कर्णाली वारपार गर्ने स्थानीयले २०६४ वैशाख १ गते सुधारिएको तुइन पाएका थिए । त्यही तुइन तर्ने बेला रतनेका भतिजाले ज्यान गुमाएका थिए । पूरा पढ्नुहोस्
  • दिनहुँ भित्रिन्छ ३० हजार लिटर मदिरा

    दिनहुँ भित्रिन्छ ३० हजार लिटर मदिरा
    विष्णु पोखरेल, फाल्गुन १७, २०७३
    मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन् । पूरा पढ्नुहोस्
  • पारित गर्न सहज छैन संविधान संशोधन

     पारित गर्न सहज छैन संविधान संशोधन
    राजेन्द्र फुयाल, फाल्गुन १७, २०७३
    सत्तापक्षबीचमै संविधान संशोधनका अन्तरवस्तुमा एकमत नभएका बेला संविधानको दोस्रो संशोधन विधेयकमा परेका संशोधनहरूले जटिलता थपेको छ । विधेयकमा सांसदहरूले राखेको संशोधनसहित सदनमै दफावार छलफल गरी निर्णायार्थ पेस गर्ने वा दफावार छलफलका लागि विशेष समिति बनाउने भन्ने तय हुन बाँकी छ । पूरा पढ्नुहोस्
  • चुनावमा ‘रिङआउट’ हुने डरले सत्तारूढ दल थुरथुर कामिरहेका छन् : ओली

    चुनावमा ‘रिङआउट’ हुने डरले सत्तारूढ दल थुरथुर कामिरहेका छन् : ओली
    कान्तिपुर संवाददाता , फाल्गुन १६, २०७३
    प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको चुनाव घोषणा भए पनि निर्वाचन गर्न सत्तारूढ दलहरू डराइरहेको आरोप लगाएका छन् । उनले एमालेले लिएको नीति र संगठनात्मक परिचालनका क्षमताका कारण चुनावबाट ‘रिङआउट’ भइन्छ कि भन्ने उनीहरूलाई परिरहेको दाबी गरे । पूरा पढ्नुहोस्

धुलाम्मे सडकले सर्वसाधारण बिरामी

प्रकाश बराल, फाल्गुन १७, २०७३
सडक मर्मत नगरिएपछि अत्यधिक बढेको धूलोले यहाँका बासिन्दाहरू बिरामी पर्न थालेका छन् । भीमाददेखि तराई जोड्ने सिरिङ मार्गमा दैनिक गुड्ने सवारीसधानका कारण अत्यधिक धूलो उड्ने गरेको छ । धूलोले घरघरमा बालबालिका बिरामी परेको स्थानीयले बताए । धूलोले आसपासका पाँच गाविसका सयौं घरधुरी प्रभावित छन् ।
पूरा पढ्नुहोस्

अनुसन्धान गर्न अदालतको आदेश

ठाकुरसिंह थारू, फाल्गुन १७, २०७३
यौन शोषणपछि आत्महत्या गर्न बाध्य पारिएकी किशोरीको मुद्दा अनुसन्धान गर्न उच्च अदालत नेपालगन्ज इजलासले प्रहरीका नाममा आदेश दिएको छ ।
पूरा पढ्नुहोस्

अलमलमै तराईवासी

लीलाबल्लभ घिमिरे,अवधेशकुमार झा, फाल्गुन १७, २०७३
निर्वाचन घोषणायता संघीय समाजवादी फोरम नेपाल कटहरी गाउँ कमिटीका अध्यक्ष रामकुमार कामतले जिल्ला कमिटीको निर्देशन कुर्न थालेको तीन दिन बित्यो । ‘खोइ निर्वाचनमा जाने कि आन्दोलनमा, जिल्लाले के भन्छ त्यही गर्ने,’ उनले भने, ‘गाउँलेले निर्वाचन हुन्छ भनेर सोधेको सोध्यै गर्छन्, जवाफ दिनै गाह्रो छ ।’
पूरा पढ्नुहोस्
थप समाचार

झापाका विद्यार्थीलाई कोरियाबाट छात्राबृत्ति

मञ्जु गुरुङ, फाल्गुन १६, २०७३
दक्षिण कोरियाको हानगुग छाबी खोङ्दक नामक सामाजिक संस्थाबाट हालै झापा जिल्लाका विभिन्न ६ वटा विद्यालयका ६ सय ५८ विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरेएको छ । सन् २०१० देखि छात्राबृत्ति दिन शुरु गरिएको हो । सो संस्थाले हाल मासिक प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले १ सय ३० जनालाई छात्रावृत्ति प्रदान गर्दै आएको संस्थाका नेपाल प्रतिनिधि कोरियाका व्यवसायी केपी सिटौलाले जानकारी दिए ।
पूरा पढ्नुहोस्

नेपालद्धारा जापानलाई १० गोल

कान्तिपुर संवाददाता , फाल्गुन १५, २०७३
पाँचौ एसियन आप्रवासी फूटबल लिगको पहिलो खेलमा नेपालले जापानबिरुद्ध १० गोल गर्दै आफ्नो यात्रा अगाडि बढाएको छ ।
पूरा पढ्नुहोस्

नेपालको पर्यटन प्रवर्द्धनका लागि अस्ट्रेलियामा कार र्‍याली

नारायण खड्का, फाल्गुन १५, २०७३
करिब दुई दर्जन नेपालमय बनेका गाडीहरु जब अस्ट्रेलियाको सडकमा दौडिए आसपासमा रहेका विदेशीहरुले समेत तालीले स्वागत गरे । पहिलोपटक नेपालको प्रवर्द्धन गर्दै साउथ अस्ट्रेलियाको सडकमा दौडिएका गाडीहरुको लस्कर देखेर नेपालको बारेमा थप जिज्ञासा राख्ने विदेशीहरु प्रशस्तै देखिए ।
पूरा पढ्नुहोस्

आठ सय नेपाली बाआमा सामूहिक पिकनिकमा

नारायण खड्का, फाल्गुन १४, २०७३
परिवारसँग भेटघाट र घुमघाम गर्न आएका नेपाली बाआमालाई एकै स्थानमा ल्याउने र परिचय आदानप्रदान गराउने उद्देश्यले एनआरएनले बाआमाको लागि सामूहिक पिकनिकको आयोजना गरेको छ । ८ सय बढी नेपाली बाआमा सहभागी भएको सामूहिक पिकनिकमा उनीहरुले दिनभर मनोरञ्जन लिएका थिए ।
पूरा पढ्नुहोस्

पाको फेस्टामा नेपाली सहभागिता

कान्तिपुर संवाददाता , फाल्गुन १४, २०७३
मेलबर्नको जिलोङमा बसोबास गरिरहेका विभिन्न समुदायहरुलाई एकै स्थानमा ल्याउने उद्देश्यका साथ आयोजना हुने पाको फेस्टामा नेपालीहरुले समेत सक्रिय सहभागिता जनाएका छन् ।
पूरा पढ्नुहोस्

उद्योग स्थापनामा लगानी गर्न मन्त्री जोशीको आग्रह

प्रकाश पन्थी, फाल्गुन १३, २०७३
उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा उद्योग स्थापना गरी लगानी सुरक्षित गर्न जापानका व्यवसायीलाई आग्रह गरेका छन् । उनले उद्योग स्थापनामा लगानी गर्न भन्दै विदेशी लगानीकर्तालाई प्रतिफलको ग्यारेन्टी सरकारले दिने पनि बताए ।
पूरा पढ्नुहोस्

लन्डन उत्रिए नेपाली सिनेमाका दुई ‘लुटेरा’

नविन पोखरेल, फाल्गुन १३, २०७३
नेपाली फिल्म ‘लुट’ को सिक्वेल ‘लुट २’ को यूके प्रिमियरका लागि नायकद्वय दयाहाङ राई र सौगात मल्ल बिहीबार लन्डन आइपुगेका छन् । लन्डन उत्रिए लगत्तै उनीहरु एयरपोर्टबाट सिधै प्रेस मिटमा सहभागी भए ।
पूरा पढ्नुहोस्

कलाकारलाई बिदाई

प्रकाश पन्थी, फाल्गुन १३, २०७३
समुदायले मान्ने सोनाम ल्होसार २८५३ को अवसर पारेर एक साँस्कृतिक कार्यक्रमका लागि आएका तीन कलाकारलाई जापानको फुकुओकाबाट बिदाई गरिएको छ ।
पूरा पढ्नुहोस्

नाकामै थन्किए गाडी

शंकर आचार्य, फाल्गुन १७, २०७३
सीमावर्ती सहर रक्सौलमा डेढ महिनायता ३ हजारभन्दा बढी नयाँ गाडी थन्किएका छन् । तीनमा जिप, कार, भ्यान र बस ट्रकका चेसिस छन् । वीरगन्ज भन्सार यार्डमा भारत तथा तेस्रो मुलुकबाट आयातित करिब २ सय जिप, कार, भ्यान धुलाम्य छन् ।
पूरा पढ्नुहोस्

कोरियाद्वारा ७ हजार कोटा थप

कोरियाद्वारा ७ हजार कोटा थप
कान्तिपुर संवाददाता , फाल्गुन १७, २०७३
दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपालबाट लाने कामदारको कोटा बढाएको छ ।
पूरा पढ्नुहोस्

विराट एक्स्पोमा ३० करोडको कारोबार

विराट एक्स्पोमा ३० करोडको कारोबार
देवनारायण साह, फाल्गुन १७, २०७३
कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पोमा अवलोकनकर्ताको भीड बढेको छ । प्रदर्शनीको सोमबार छैठौं दिनसम्ममा २ लाख २५ हजार बढीले अवलोकन गर्दा करिब ३० करोड मूल्य बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
पूरा पढ्नुहोस्

अमला र रिठ्ठाको बिक्री बढ्यो

वसन्तप्रताप सिंह, फाल्गुन १७, २०७३
जंगलमा प्रशस्त मात्रामा पाइने भए पनि त्यसै खेर जाने गरेको यहाँको अमला र रिठ्ठा जिल्ला बाहिर बिक्री गर्न थालिएको छ । बिक्री हुन थालेपछि फुर्सतको समयमा रिठ्ठा अमला संकलन गरेर यहाँका बासिन्दाहरू आम्दानी गर्न थालेका छन् ।
पूरा पढ्नुहोस्

स्वरोजगारको ४ करोड जोखिममा

स्वरोजगारको ४ करोड जोखिममा
डीआर पन्त, फाल्गुन १७, २०७३
बेरोजगार युवाहरूलाई साना व्यवसायमार्फत रोजगारमुखी बनाउने उद्देश्यले सरकारले कृषि विकास बैंकमार्फत सुदूरपश्चिममा गरेको ४ करोड ११ लाख रुपैयाँ जोखिममा परेको छ । सरकारले बिनाधितो स्वरोजगार कोषअन्तर्गत कृषि विकास बैंकमार्फत सुदूरपश्चिममा लगानी गरेको उक्त रकम जोखिममा परेको हो ।
पूरा पढ्नुहोस्

दूरसञ्चार प्राधिकरण सदस्य खुलाबाट

दूरसञ्चार प्राधिकरण सदस्य खुलाबाट
कान्तिपुर संवाददाता , फाल्गुन १७, २०७३
सरकारले खुला प्रतिस्पर्धामार्फत नेपाल दूरसञ्चार प्राधिकरणका सदस्यको नियुक्ति प्रक्रिया अघि बढाएको छ । यही फागुन ४ गते प्राधिकरणका दुई सदस्यको कार्यकाल सकिएपछि सरकारले खुला प्रतिस्पर्धामार्फत सदस्य नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
पूरा पढ्नुहोस्

चेक किर्ते गरी ठगी

चेक किर्ते गरी ठगी
अर्जुन राजवंशी, फाल्गुन १७, २०७३
चेकमा अंक र अक्षर किर्ते गरी दमक–१० का मोतीराम अधिकारीले ५ करोडभन्दा बढीको ठगी गरेका छन् । उनले स्थानीय अशोक थापा र बबरजंग थापा दाजुभाइको नाममा रहेका विभिन्न फर्मबाट करोडौं रुपैयाँ ठगी गरेको पाइएको हो ।
पूरा पढ्नुहोस्

दुई उद्योगलाई कारबाही

दुई उद्योगलाई कारबाही
कान्तिपुर संवाददाता , फाल्गुन १७, २०७३
आदेशको पालना नगरेका रौतहट र बाराका २ उद्योगलाई श्रम कार्यालय वीरगन्जले कारबाही गरेको छ । श्रीराम सुगर मिल्स गरुडा रौतहट र एलाइन्स फर्मास्युटिकल्स प्रालि सिमराको व्यवस्थापनलाई खराब आचरण गरेको भन्दै कार्यालयले कारबाही गरेको हो ।
पूरा पढ्नुहोस्

अनुपयुक्त जुत्ताचप्पलले समस्या

अतुल मिश्र, फाल्गुन १४, २०७३
खासमा जुत्ताचप्पल खुट्टाको सुरक्षाका लागि लगाइन्छ । सौन्दर्य दोस्रो प्राथमिकतामा पर्छ । जुत्ताचप्पलले सबैभन्दा पहिले तपाईं हाम्रो हिँडाइलाई प्रभावित पार्छ । जुत्ताचप्पलका कारण खुट्टाको बनावट परिवर्तन पनि हुन सक्छ । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

यस कारण भत्कियो बीपी राजमार्ग

जगदीश्वर पाण्डे, फाल्गुन ९, २०७३
१९ वर्षको काम, करिब २५ अर्ब रुपैयाँ लागत र १ सय ५८ किलोमिटर लम्बाई रहेको बीपी राजमार्ग २०७१ सालको अन्त्य बाट मात्र पूर्ण रूपमा सञ्चालनमा आएको थियो । जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा निर्माण भएको उक्त राजमार्गको सिन्धुली सितलपाटी–९ मा आइतबार राती ११ बजे सडक भासिएको छ । यो खुर्कोट र सितलपाटीबीचमा करिब ३० मिटर सडक भासिएको हो । पूरा पढ्नुहोस्
थप ब्लग

भुसाललाई अली मियाँ

कान्तिपुर संवाददाता , फाल्गुन १७, २०७३
यस वर्षको लोककवि अली मियाँ लोकवाङ्मय पुरस्कार युवा लोकगायक युवराज भुसाललाई प्रदान गरिएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले लोककविको ९९ औं जन्मजयन्तीको अवसरमा आइतबार पर्वतको वाहाकीठाँटी–६ लिम्सिङका ३० वर्षीय भुसाललाई २० हजार रुपैयाँसहित कदरपत्र र दोसल्लाले सम्मान गरेको हो । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

पुलले बदल्यो रामेछापवासीको जीवन

टीकाप्रसाद भट्ट, फाल्गुन १४, २०७३
रामेछापबाट तराईका जिल्ला पुग्न तीन वर्षअघिसम्म दुई दिन पुरै बिताउनु पर्दथ्यो । अहिले तीन घण्टामा बर्दिबासको चौडा सडकमा पुगिन्छ । रामेछापबाट चरिकोट हुँदै काठमाडौं पुग्न १२ घण्टा लाग्थ्यो । संयोग वीपी राजमार्ग सकिनु र खुर्कोटको पुल बन्नु एकै पटक भयो । अब काठमाडौं पुग्न ४ घण्टा समय भए पुग्छ । पुलले तराई र पहाडलाई जोडेको छ अनि पहाड पहाड जोडिइरहेका छन् । पूरा पढ्नुहोस्
थप फिचर

‘बाइकको इन्जिनले हेलिकप्टर’

हरि गौतम, फाल्गुन १५, २०७३
छिवाङ–४ का ३३ वर्षीय मञ्जित विक हेलिकप्टर बनाएपछि अहिले चर्चामा छन् । उनी पेसाले होटल व्यवसायी हुन् । मुसिकोट ५, सोलाबाङ बजारमा होटल व्यवसाय गर्दै आएका उनको ३ दिनयता चर्चा चुलिएको छ । होटलमा खाना, नास्ता बेच्ने विक अहिले फरक भूमिकामा देखिएका छन् । विक मोडलजस्तै बनेका छन् । उनी रुकुम महोत्सवमा आफूले निर्माण गरेको हेलिकप्टरसहित पुगेका थिए । पूरा पढ्नुहोस्
थप रोचक