भिडियो

राष्ट्रिय पुस्तकालयका तीन सय वर्ष पुराना पुस्तक अढाइ वर्षदेखि बोरामै छन् । डेढ लाख पुस्तकमध्ये आधा जतिमात्र र्‍याकमा राखिएका छन् । २०७२ वैशाख १२ को भूकम्पपछि राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन।
पूरा पढ्नुहोस्
भूकम्पले क्षतविक्षत बनाएको गोरखाको लाप्राक काँचुली फेर्ने तरखरमा छ । पुरानो बस्ती पुरै चिराचिरा परेपछि गुप्सीपाखामा सारिएको बस्ती बन्दै गरेका घरले निकट भविष्यमै काँचुली फर्ने छ ।
पूरा पढ्नुहोस्
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध हुने खेलमा नेपालसँग जित बाहेक अर्को विकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन् । ५० ओभरको दुई खेल खेल्न नेपाली टोली बुधबार बिहान हङकङ आइपुगेसँगै कप्तान पारसले यस्तो बताएका हुन् ।
पूरा पढ्नुहोस्
सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ । राजधानीको हाडीगाउँमा भने शुक्रबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा गरियो । यही जात्राले गर्दा नै ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान नै बन्यो ।
पूरा पढ्नुहोस्
भोजपुरको दक्षिणी भेग भौगोलिक रुपमा जति विकट छ, आर्थिक, सामाजिक तथा साास्कृतिक बिकासमा पनि उत्तिकै पछाडि छ । तर यहााको शैक्षिक आयामलाई फराकिलो पार्न सगरमाथा माविको योगदान अमुल्य छ । जुन दक्षिणकै सदरमुकाम घोडेटारबजार९हतुवागढि गाउापालिका०मा अवस्थित छ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बताएका छन् ।
पूरा पढ्नुहोस्
सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुर्दा दुई जनाको मृत्यु भएको छ । राति १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुन: खसेको पहिरोले दुई सवारीसाधन पुरिनुका साथै दुई जनाको ज्यान गएको हो ।
पूरा पढ्नुहोस्
प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा पहिलो विजयी मेयर रामज्ञान मण्डलले मधेसी मुद्दा जित भएको बताएका छन् ।
पूरा पढ्नुहोस्
वीरगन्ज महानगरस्थित खाद्य संस्थान मतदान केन्द्रमा सोमबार बिहान मतदान गर्न आएका यातायात व्यवसायी परजित सिंह निकै उत्साहित देखिन्थे । भोट हाल्न लामबद्ध ६५ वर्षीय सिंह अल्पसंख्यक सिख समुदायका अगुवा व्यवसायीमध्येका हुन् । ‘म भोट हाल्न आतुर थिएँ,’ उनले भने, ‘२० वर्ष त्यसै बित्यो, हामीले स्थानीय तहका जनप्रतिनिधि चुन्न पाएका थिएनौं, अहिले हाम्रा लागि ठूलो अवसर आयो ।’
पूरा पढ्नुहोस्
अंगुर भन्नेबित्तिकै हाम्रो दिमागमा सेतो र कालो रंगको झुप्पाहरू देखापर्छन् । तर विश्वभर ८ हजारभन्दा बढी प्रजातिका अंगुर फल्छन् । तीमध्ये हामीले कति चाख्ने अवसर पाएका छौं ? सायद केही थोरै मात्रै । किनकि नेपालमा अझै पनि व्यावसायिक अंगुर खेती सुरु भएकै छैन ।
पूरा पढ्नुहोस्
गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि सदियौदेखिका गोरेटो बाटो तथा गल्ली हराउन थालेका छन् । मानिसहरुको बाक्लै आवतजावतले गुञ्जायमान हुने भञ्ज्याङ र चौतारा सुनसान छन् ।
पूरा पढ्नुहोस्