समाचार

धादिङका २ मतदान केन्द्रमा भेटिएको सकेट बम सेनाद्वारा निस्कृय

हरिहरसिंह राठौर, मंसिर ९, २०७४
राजधानीसँग जोडिएको धादिङको जीवनपुर कोरमाईलो डाँडास्थित मतदान केन्द्रमा राखिएको बम नेपाली सेनाले शनिबार बिहान निस्कृय तुल्याएको छ । तत्कालिन जीवनपुर गाविस भवनमा हाल धुनीवेसी नगरपालिका—५ को वडा कार्यालय स्थापना गरिएकोछ ।
पूरा पढ्नुहोस्

विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्षको अपहरण

भीमबहादुर सिंह, मंसिर ९, २०७४
कुशे गाउँपालिका १ का वडाअध्यक्ष गोपालबहादुर नेपाली अपहरणमा परेका छन् । वडाध्यक्ष नेपालीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेका हुन् ।
पूरा पढ्नुहोस्

कांग्रेस उम्मेदवार लक्षित गरेर बम विस्फोट

नारायण शर्मा, मंसिर ९, २०७४
पहाडमा चुनाव प्रचारमा गएका कांग्रेस उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । त्यहाँ मानवीय क्षति भने भएको छैन ।
पूरा पढ्नुहोस्

रुकुम जिप दुर्घटना : विवाह गरेको तीन दिनमै प्रहरी दम्पतीको मृत्यु

हरि गौतम, मंसिर ९, २०७४
सिस्ने गाउँपालिका-६, का २९ वर्षीय नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका-१७ बालग्रामकी अनिता प्रधानको पेसा एउटै, नेपाल प्रहरी । दुवैको दर्जा पनि उही प्रहरी निरीक्षक । नवीन ६ नम्बर प्रदेशको सुर्खेतमा कार्यरत थिए भने अनिता प्रदेश २ को रौतहटमा कार्यरत थिइन् ।
पूरा पढ्नुहोस्

कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप

कान्तिपुर संवाददाता , मंसिर ९, २०७४
कांग्रेस र वाम गठबन्धन बीच शुक्रबार राति झडप भएको छ । झडपमा वाम गठबन्धनका गोपाल आचार्य घाइते भएका छन् ।
पूरा पढ्नुहोस्

केपी ओलीको झापास्थित घरको मूल गेटमै बम विस्फोट

पर्वत पोर्तेल, मंसिर ९, २०७४
झापा ५ का उम्मेद्वार तथा एमाले अध्यक्ष केपी ओलीको दमकस्थित निवासको मूल गेट नजिकै आज बिहानै अज्ञात समूहले विस्फोट गराएको छ ।
पूरा पढ्नुहोस्

मन्त्रीको घरमा विस्फोट

अमन कोइराला, मंसिर ९, २०७४
पशुपंक्षी विकास राज्य मन्त्री एवं काँग्रेस क्षेत्र १ का उमेदवार शम्भुलाल श्रेष्ठको लालबन्दी नगरपालिका-१७ रानीगंजस्थित घरमा शनिबार बिहान प्रेसर कुकर बम विस्फोट भएको छ ।
पूरा पढ्नुहोस्

‘राजपत्र’ स्थानीय तहबाट पनि

सुरेशराज न्यौपाने, मंसिर ९, २०७४
केन्द्रीय सरकारले प्रकाशित गर्दै आएको ‘राजपत्र’ अब स्थानीय तहबाट समेत प्रकाशित हुने भएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ ले त्यस्तो व्यवस्था गरेको हो । उक्त ऐनको दफा १०२ को उपदफा ३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रही बनाइएका नियम, निर्देशिका, कार्यविधि, मापदण्डलगायतका कानुन राजपत्रमा छपाउनुपर्ने उल्लेख छ ।
पूरा पढ्नुहोस्

रेडियोलोजीमा जनशक्ति र उपकरण अभाव

फातिमा बानु, मंसिर ९, २०७४
चिकित्सा विधामा रेडियोलोजी भित्रिएसँगै उपचार प्रक्रिया सजिलो हुँदै गएको छ । शल्यक्रिया गर्दा शरीर चिरेर ठूला घाउ बनाउनुपर्ने बिरामीको समस्या पनि रेडियोलोजीले कम गरिदिएको छ ।
पूरा पढ्नुहोस्

‘कृषि क्षेत्रलाई बेवास्ता गरियो’

विप्लव भट्टराई, मंसिर ९, २०७४
नगदेबाली उत्पादनमा अगुवा इलामका मतदाताले कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्न दलहरू प्रतिबद्ध नभएको आरोप लगाएका छन् । अदुवा, अलैंची, आलु, अकबरे, चिया, अम्लिसो, जडिबुटी, फलफूल र दूध उत्पादनबाट वार्षिक ३० अर्ब रुपैयाँ भित्रने जिल्लामा सरकारी सहयोग भने नगन्य रहेको उनीहरूको भनाइ छ ।
पूरा पढ्नुहोस्

लालपुर्जा दिनेलाई भोट

गंगा बीसी, शाहीमान राईमंसिर ९, २०७४
‘माझी दाइले जीवनभरि डुँगा तारिरहे... अरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे...’ उदितनारायण झाको यो गीतजस्तै भएको छ उनीहरूको जीवन । धेरै चुनाव आए, गए । धेरै नेतालाई जिताए तर उनीहरू तमोरको किनारामै रहे ।
पूरा पढ्नुहोस्

बास खोज्दै भूकम्पपीडित

घनश्याम खड्का, कृष्ण थापामंसिर ९, २०७४
त्रिशूली खोलाको बगरमा बडो दु:खले सम्याएको एक टुक्रो बलौटे जमिनमा पुराना टिनको एउटा छाप्रो छिमेकीहरूको सहयोगमा भर्खरै बनाएकी छन् माइली तामाङले । शुक्रबार उनले आफ्ना थाङ्ना, भोटा, केही भारी दाउरा र अलिकति चामल छाप्रोभित्र हुल्न ठिक्क पारेकी थिइन् ।
पूरा पढ्नुहोस्

सुरक्षा कसिलो

कान्तिपुर संवाददाता , मंसिर ९, २०७४
केन्द्रीय र जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीका मतदान केन्द्रमा मौन अवधिबाटै सुरक्षा व्यवस्था कडा पारेका छन् । जिल्लाको दुई नम्बर क्षेत्रमा नेपाली सेनाको विशेष फोर्स तैनाथ गरिएको छ । प्रत्येक गाउँपालिकामा प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।
पूरा पढ्नुहोस्

सीटीईभीटी सम्बन्धन : आयोगको ‘असहमति पत्र’ नै गायब

मकर श्रेष्ठ, मंसिर ९, २०७४
शिक्षामन्त्री गोपालमान श्रेष्ठले निर्वाचन आचारसंहिताविपरीत ‘आर्थिक चलखेल’ गरेर निजी प्राविधिक शिक्षालयमा विषय थपको सम्बन्धन दिएको पाइएको छ । उनी अध्यक्ष रहेको सीटीईभीटी परिषद्को असोज २२ मा बसेको १४७ औं बैठकले २५ कलेजलाई ३४ वटा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको थियो ।
पूरा पढ्नुहोस्

मन्त्रीले उल्ट्याए जमिन कित्ताकाट रोक्का निर्णय

देवेन्द्र भट्टराई, मंसिर ९, २०७४
कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको छ ।
पूरा पढ्नुहोस्

रुकुममा जीप दुर्घट्ना सातको मृत्यु , बिहेपछि फर्कंदै गरेका प्रहरी निरीक्षकद्वय पनि परे

हरि गौतम, मंसिर ९, २०७४
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको ग१ज ४२६० नम्वरको जीप शुक्रबार बेलुकी रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, कालीमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
पूरा पढ्नुहोस्