प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा

टीकाप्रसाद भट्ट, मंसिर ४, २०७४
वाम गठबन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको कारण देखाउँदै स्थानीय प्रशासनले रामेछापको बेथानलाइ मंगलबार देखि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ख बमोजिम बेथानमा सभा जुलुस र अन्य कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको छ । सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले उक्त आदेश जारी गरेका हुन् । प्रशासनले प्रयोग गरेको दफा बमोजिम एकै थलोमा ५ जनाभन्दा बढी मानिसहरुको भेला हुन पाइँदैन ।
पूरा पढ्नुहोस्

‘सारथि’ को भूमिकामा कांग्रेस–एमाले

ठाकुरसिंह थारू, मंसिर ४, २०७४
बाँके क्षेत्र २ मा रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसको इतिहास र प्रतिष्ठासँग जोडिएको उक्त क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले राप्रपाका ओमप्रकाश आजादलाई र वाम गठबन्धनले स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रालाई सघाएपछि यो क्षेत्रतर्फ सबैको ध्यान गएको हो ।
पूरा पढ्नुहोस्

प्रतिस्पर्धामा महिला

डीआर पन्त, मंसिर ४, २०७४
प्रदेश ७ कै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच महिला चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४ र प्रदेशसभामा १ जनाले उम्मेदवारी दिएका हुन् ।
पूरा पढ्नुहोस्

चुनावी प्रचारमा खटिँदै चौधरी

नारायण शर्मा, मंसिर ४, २०७४
अघिल्लो साता कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासीका चुनावी सभामा मुख्य वक्ताका रूपमा उभ्याउने गरेको छ । नवलपरासी १ का मतदाता चौधरीलाई नवलपरासी १ का कांग्रेस उम्मेदवार तथा पार्टी महामन्त्री डा. शशांक कोइराला सहभागी हुने सबैजसो चुनावी सभाका मुख्य वक्ता बनाइएको छ ।
पूरा पढ्नुहोस्

बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

अर्जुन शाह, मंसिर ३, २०७४
मतदान गराउनका लागि निर्वाचनमा खटिने कर्मचारीको विषयलाई लिएर बाजुरामा विवाद भएको छ । एमाललेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेको छ । कार्यालयमा तालाबन्दी भएपछि तोकिएको मतदान केन्द्रतिर हिँड्ने तयारीमा रहेका कर्मचारीहरु अलमलमा परेका छन् ।
पूरा पढ्नुहोस्

प्रतिनिधिसभाका प्रतिस्पर्धी महिला

कान्तिपुर संवाददाता , मंसिर ३, २०७४
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँच हजार एक सय ८४ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये सात प्रतिशत मात्र महिला छन् । नेपालको संविधानले संघीय संसद्मा कम्तीमा एक तिहाइ महिला उपस्थितिको व्यवस्था गरेको छ ।
पूरा पढ्नुहोस्

अनुभवीलाई नयाँको चुनौती

कान्तिपुर टिम, मंसिर ३, २०७४
२०४८ देखि चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेसका गोपालजीजंग शाह र माओवादी केन्द्रका जनार्दन शर्मा अहिले तेस्रोपटक आमनेसामने भएका छन् । यसअघि एक–अर्कालाई एक–एकचोटि हराएका उनीहरू यसपालि जसरी पनि जित निकाल्न कम्मर कसेर लागिपरेका छन् ।
पूरा पढ्नुहोस्

गोलाप्रथाबाट अधिकृत

कान्तिपुर संवाददाता , मंसिर ३, २०७४
गोलाप्रथा गरेर मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गरिएको छ । मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसहितको टोलीले शुक्रबार गोला गरेर ९५ जना छनोट गरेको हो ।
पूरा पढ्नुहोस्

चुनावी सभा विपक्षीप्रति आक्रामक - ‘लोकतन्त्र जोगाउन जित्नैपर्छ’

अर्जुन शाह, - मोहन बुढाऐरमंसिर ३, २०७४
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र जोगाउन कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले शनिबार बाजुरा सदरमुकाम मार्तडीमा आयोजित चुनावी सभामा वाम गठबन्धनतर्फ इंगित गर्दै लोकतन्त्रविरोधी शक्ति एक भएकाले लोकतन्त्र रक्षाका लागि कांग्रेसको जित अत्यावश्यक रहेको बताएका हुन् ।
पूरा पढ्नुहोस्

जोगिएला विरासत ?

गंगा बीसी, रमेशचन्द्र अधिकारीमंसिर ३, २०७४
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापालाई दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा विरासत थाम्न असहज देखिएको छ । स्थानीय निर्वाचनमा जिल्लाका सातवटै तह एमालेले जितेकाले उनलाई चुनौती थपिएको हो ।
पूरा पढ्नुहोस्

कता जाला परिणाम ?

कुलचन्द्र न्यौपाने, टीकाप्रसाद भट्टमंसिर ३, २०७४
जनमतका हिसाबले जिल्लामा २०४६ देखि नै वामपन्थी विचारको वर्चस्व थियो । सुरुवाती दिनमा तत्कालीन जनमोर्चा नेपालका नेता लीलामणि पोखरेलले वामपन्थी मतको नेतृत्व गरेका थिए । ०४८ को आमनिर्वाचनमा जनमोर्चाले जितेका ९ सिटमा रामेछाप पनि एउटा हो । अहिले प्रदेश ‘क’ पर्ने उक्त क्षेत्रबाट तत्कालीन जनमोर्चाका कमल चौलागाईं निर्वाचित भएका थिए ।
पूरा पढ्नुहोस्

उम्मेदवारका प्राथमिकता भौतिक पूर्वाधार

कान्तिपुर संवाददाता , मंसिर ३, २०७४
जिल्लामा दलहरूले विकास मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान तीव्र पारेका छन् । वाम गठबन्धन र कांग्रेस एकअर्कालाई उछिन्न आ–आफ्ना प्रतिबद्धतासहित मतदातामाझ पुगिरहेका छन् ।
पूरा पढ्नुहोस्

मतदाता खोज्दै सहरतिर

दीपेन्द्र बडुवाल, वीरेन्द्र केसी, घनश्याम गौतममंसिर ३, २०७४
अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका रामबहादुर बीसी भोट माग्न बुधबार रूपन्देहीको बुटवल पुगे । अर्घाखाँची–रूपन्देही सम्पर्क समाजमार्फत मतदाता भेट्न उनी त्यहाँ पुगेका हुन् ।
पूरा पढ्नुहोस्

नाका खुलाउने आश्वासन

विनोद त्रिपाठी, मंसिर ३, २०७४
यहाँका उम्मेदवारलाई मतदाताको सामूहिक माग छ– कोरला नाका खुलाई सडक फराकिलो पानुपर्ने । उम्मेदवार पनि आफूले जिते नाका खुलाएरै छाड्ने भन्दै भोट मागिरहेका छन् । उम्मेदवारका आश्वासन पत्याइरहेका मतदातालाई नाका खोल्ने विषय दलविशेषको जोडबलले मात्र सम्भव भए/नभएकोबारे भने थाहा छैन ।
पूरा पढ्नुहोस्