स्थानीय निर्वाचन २०७४

कांग्रेसका छ जना कारबाहीमा

श्रावण ८, २०७४
नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ ले छ जनालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको समितिका सभापति पोषनाथ शर्माले जानकारी दिए ।
पूरा पढ्नुहोस्

दोलखाका तीन दलका चुनावी समीक्षा: ‘आफू चोखिदै, दोष अरुलाई थोपार्दै’

राजेन्द्र मानन्धर, श्रावण ७, २०७४
दोलखाका मुख्य राजनीतिक दलका नेताहरुले स्थानीय निर्वाचनको समीक्षा गर्दा दोषजति अरुमाथि थोपर्दै आफु चोखिन खोजेका छन् । भर्खरै दोलखामा सम्पन्न एमाले, कांग्रेस र माओवादी केन्द्रका चुनावी समीक्षाहरु दोषजति अरुको टाउकोमा थोपरेर सकिएका हुन् ।
पूरा पढ्नुहोस्

तेस्रो चरणको चुनावमा राजपा सहभागी हुने प्रमुख आयुक्त यादवको विश्वास

श्रावण ६, २०७४
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी (राजपा) पनि तेस्रो चरणमा हुने प्रदेश नं २ को चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तह निर्वाचन सम्पन्न हुने बताउँदै राजपा सहभागी हुने बताएका हुन् ।
पूरा पढ्नुहोस्

‘बाढी र कटानबाट मुक्त बनाउँछु’

कमल पन्थी, श्रावण ५, २०७४
बर्सेनि वर्षायाममा बबई नदीको बाढी र कटानबाट गुलरिया पीडित छ । नदी कटानले नगरको ५० बिघाभन्दा बढी जग्गा क्षति भइसकेको छ । नदी कटान र बाढीमुक्त गुलरिया बनाउने मेरो पहिलो प्राथमिकता हो ।
पूरा पढ्नुहोस्

चुनावमा अन्तर्घात गरेको आरोपमा एमाले बैतडीका १७ जना निष्काशित

खगेन्द्र अवस्थी, श्रावण ३, २०७४
एमाले बैतडीले स्थानीय तह निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उम्मेदवारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । सोमबार बसेको जिल्लाको १९ औं पूर्ण बैठकले पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवार बनेका, उम्मेदवारलाई असहयोग गर्ने १७ जना जिल्लास्तरका कार्यकर्तालाई कारबाही गरेको हो ।
पूरा पढ्नुहोस्

स्थानीयमा सुरु भयो कर्मचारी समायोजन

भवानी भट्ट, श्रावण १, २०७४
स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै स्थानीय तहमा कर्मचारी समायोजन पनि सुरु भएको छ । विभिन्न कार्यालयका कर्मचारीहरू नगरपालिका र गाउँपालिका मातहतमा आउन थालेका छन् ।
पूरा पढ्नुहोस्

सेलायो चुनावी चर्चा

अमन कोइराला, श्रावण १, २०७४
स्थानीय चुनाव हुन बाँकी प्रदेश २ मा केही दिनयता गर्मी बढे पनि राजनीतिक माहोल भने सेलाएको छ । उम्मेदवारी टिकट पाइसकेका र आकांक्षीहरू मौन बसेका छन् । यहाँ तेस्रो चरणका लागि असोज २ गतेलाई चुनाव तोकिए पनि हुने/नहुनेमा मतदाता अन्योलमा छन् ।
पूरा पढ्नुहोस्

द्वन्द्वले एक्लिएकी महिला बनिन् जनप्रतिनिधि

कान्तिपुर संवाददाता , असार ३१, २०७४
द्वन्द्वको समयमा पति गुमाएकी धबाङकी धनमाया पुन रोल्पा नगरपालिका–१० बाट वडा सदस्यमा निर्वाचित भएकी छन् । माओवादी पृष्ठभूमिकी धनमाया कांग्रेसबाट निर्वाचित भएकी हुन् । १५ वर्षसम्म माओवादी राजनीतिमा लागेकी उनी कांग्रेसबाट जनप्रतिनिधि बनिन् ।
पूरा पढ्नुहोस्

दशरथ चन्द नगरपालिका मतगणना प्रकरण : अन्तरकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने

चित्रांग थापा, असार ३०, २०७४
दिपायल उच्च अदालतको महेन्द्रनगर इजलासका दुई न्यायाधीशको संयुक्त इजलासले बिहीबार बैतडीको दशरथ चन्द नगरपालिकाको प्रमुख पदको निर्वाचनमा राप्रपाका उम्मेदवार पुष्करराज जोशीको उजुरीमाथि असार २२ गतेको एकल न्यायाधीशको इजलासले गरेको अन्तरकालीन आदेशलाई निरन्तरता दिइरहनु नपर्ने ठहर गर्दै अरुमा कानुनबमोजिम गर्नु भन्ने आदेश गरेको छ ।
पूरा पढ्नुहोस्

मोरङको मतगणनाको रोचक पक्ष

जितेन्द्र साह, असार २८, २०७४
मोरङको सदरमुकाम विराटनगरलगायत विभिन्न नगर एवं गाउँपालिकामा सुरुवाती चरणमा मत गणना सुस्त देखिए पनि दलबीच किचलो भने भएन । आदर्श माध्यमिक विद्यालय परिसरमा अन्तिम गणना चलिरहेकै बेला प्रतिस्पर्धी दलका उम्मेदवारले सहर्ष हार स्वीकारेर एक अर्कालाई बधाई दिइरहेको देखिन्थ्यो । गुट-गुटमा बसेर उम्मेदवारहरुले हारको कारण र भावी रणनीतिबारे छलफल गरिरहेका भेटिन्थे ।
पूरा पढ्नुहोस्

सय दिनमै हिलो, धूलोमुक्त महानगर

कान्तिपुर संवाददाता , असार २८, २०७४
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मंगलबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै नगरको अवस्था परिवर्तन गर्ने चारवटा निर्णय गरेका छन् ।
पूरा पढ्नुहोस्