यतिखेर म्यानमार सरकारलाई रोहिंग्या समुदायमाथि सुरक्षा निकायबाट भएको आक्रमण रोक्न अन्तराष्ट्रिय समुदायको तिव्र दवाव छ । वढ्दो हिंसाका कारण सो समुदाय आफ्नो मुलुक छाडेर छिमेकी मुलुकहरुमा शरणार्थी बन्न वाध्य भएका छन् ।
पूरा पढ्नुहोस्
वैदेशिक रोजगारीमा गएका नेपाली कामदार अवश्य पीडामा छन् । त्यही पीडामा बसेरपनि मिठा सपना देख्न भने कहिलै छोडेका छैनन्, भुलेका छैनन् । पीडा छ भन्दैमा यसको सबल पक्षहरूलाई कदापि भुल्न मिल्दैन । पीडासँगै हामीले सीप सिकेका छौं । पुँजी बनाएका छौं । अब हामीले सिकेका सीप र पुँजीलाई आफ्नो देशको विकासमा कसरी सदुपयोग गर्न सकिएला भन्ने सोच्नु जरुरी छ ।
पूरा पढ्नुहोस्
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको दावी अहिले छताछुल्ल छैन बिगतमा जस्तो । तर, भित्रभित्रै भने रन्किएको छ गुपचुप । यही अक्टोबरमा हुन गइरहेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
पूरा पढ्नुहोस्
पंक्तिकार अमेरिका सम्बन्धी ज्ञाता होइन । तर, यो देशमा बसोबास गरिरहेको कारण, कुनै आफैले भोगेर र कुनै अरुले भोगेको देखेर केहि अनुभवहरु प्राप्त गर्नुलाई अन्यथा लिने छैन भन्ने मेरो आशा छ ।
पूरा पढ्नुहोस्
पाइला राख्ने ठाउँ पनि नभएको बस रोक्नका लागि एक जना अर्धबैँसेले हात दिए । बाह्रबिसेबाट काठमाडौँ जाँदै गरेको उक्त बस रोकिएन । मान्छे राख्ने ठाउँ भैदिएको भए अवश्य रोकिने थियो । ढोकासम्मै यात्रु झुन्डिएका थिए ।
पूरा पढ्नुहोस्
शेक्सपियरको जन्मघरको आँगनमा खुल्ला नाट्यशाला रहेको छ । यो एक खाले डबली (नाटक मञ्चन) स्थल हो । कलाकारहरु तैनाथ रहछन् । उहिलेकै पहिरनमा सजिएका उनीहरुको साथमा प्राचिनता जनाउने नाट्य मञ्चन सामग्रीहरु छन् । शेक्सपियरका नाटकहरु प्रदर्शन गर्दछन् । पर्यटक, आगन्तुक या दर्शकले अनुरोध गरेमा तत्कालै नाटकको अंश रुचीपूर्ण ढंगले अभिनयसहित प्रस्तुत गर्दछन् ।
पूरा पढ्नुहोस्
नेपालमा भने यस्ता फुली र जौं बालाहरु लगाउनेहरु साइरन बजाउँदै हिँडेको प्रशस्तै भेटिन्छन् । उनीहरुलाई सर्वसाधारणले बाटो छोडिदिनुपर्छ । सर्वसाधारणका सानातिना विषयमा उनीहरुको ध्यान त्यति जाँदैन । कतिपय अवस्थामा प्रहरीलाई निजी काममा प्रयोग गरेको बारम्बार सुनिन्छ ।
पूरा पढ्नुहोस्
मार्क जुकर्बर्गले फेसबुक भन्ने जिनिस् के र कुन उदेश्यले बनाएका हुन्, त्यो ठयाक्कै भन्न त उनले मात्र सक्लान् । तर, जे र जस्तो उदेश्यले बनाएपनि आजको दिनमा सबै यसैलाई दास बनाएको छ । पुराना/ नयाँ परिचितहरुसंग सम्पर्क हुने र आफ्नो स्मरण गर्न योग्य फोटो र सन्देशहरु साट्न सकिने यो एक किसिमको प्लेटफर्म नै बनेको छ, जो सकारात्मक कुरा हो ।
पूरा पढ्नुहोस्
‘सुनसरीको कप्तानगञ्जमा भारतमै जस्तै चुल्ठो (चोटि) काट्ने एउटा घटना भएछ, विरामीलाई विराटनगरको एक निजी अस्पतालमा ल्याएको छ, बुझ्नुस् न’ गत ३ भदौ शनिबार कान्तिपुरको विराटनगर वरगाछी पीपलचोकस्थित पूर्वाञ्चल ब्यूरोमा फोन गरेर एक नागरिकले दिएको सूचना थियो यो ।
पूरा पढ्नुहोस्
मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) साइकल चिन्ह लिएर प्रदेश नं. २ को स्थानीय निर्वाचनमा सहभागी हुन गइरहेको छ । यसलाई उसले सडक छाडेर ‘ब्यालेट संघर्ष’ सुरु गरेको अर्थमा लिन सकिन्छ । तराई–मधेसको दैनिक जीवनसँग गाँसिएको साइकल लोकप्रिय सवारी साधनले राजपालाई निर्वाचनको मार्गमा सवार गराएको छ ।
पूरा पढ्नुहोस्
नौमती बाजाजस्तै कहिले कुन, कहिले कुन तालले बज्दोरहेछ मान्छेको जीवन ! ठाउँठहर, लयसुर पत्तै नपाइने । प्रसङ्ग महोत्तरीको अनि छपन्न साले आमनिर्वाचन तयारी बेलाको हो । बाढी, गर्मी र गाँजाको त खानी नै भनिदिए हुने रहेछ त्यतिबेरको महोत्तरीलाई ।
पूरा पढ्नुहोस्