विश्व

गाम्बियामा संकटकाल घोषणा

एएफपी, माघ ६, २०७३
अफ्रिकाको सानो मुलुक गाम्बियामा संकटकाल घोषणा भएको छ । गाम्बियाका राष्ट्रपति याहय जम्मेहले मंगलबार टेलिभिजन सम्बोधन गर्दै संकटकालको घोषणा गरेका हुन् । विदेशी हस्तक्षेप बढेकाले संकटकाल घोषणा गर्नुपरेको उनको भनाइ छ ।
पूरा पढ्नुहोस्

आत्मघाती आक्रमणमा ८० को मृत्यु

एएफपी/सिन्ह्वा, माघ ६, २०७३
उत्तरी मालीस्थित एक सैनिक शिविरअघि बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण भने अझै प्राप्त भइसकेको छैन ।
पूरा पढ्नुहोस्

पूर्वराष्ट्रपति बुस अस्पतालमा

(एएफपी), माघ ६, २०७३
अमेरिकाका पूर्वराष्ट्रपति ९२ वर्षीय जर्ज एच डब्लू बुस अस्पताल भर्ना भएका छन् । बुसलाई होस्टनस्थित अस्पतालमा शनिबार भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । उनलाई अस्पताल भर्ना गर्नुको कारणका बारेमा केही बताइएको छैन ।
पूरा पढ्नुहोस्

अस्ताए अन्तिम चन्द्रयात्री

एजेन्सी, माघ ५, २०७३
चन्द्रमामा पुग्ने अन्तिम अन्तरिक्ष यात्री युजिन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ । सर्नन त्यस्ता तीन अन्तरिक्ष यात्रीमध्येका एक हुन्, जो दुईपल्ट चन्द्रमामा पुगेका थिए । एपोलो–१७ का मिसन कमान्डर समेत रहेका सर्नन १९७२ को यात्रामा चन्द्रमाको जमिन छाड्ने अन्तिम व्यक्ति थिए ।
पूरा पढ्नुहोस्

बेलायतले सार्वजनिक गर्‍यो ब्रेक्जिट रणनीति

कान्तिपुर संवाददाता , माघ ४, २०७३
बेलायतले इयू बहिर्गमन (ब्रेक्जिट) सम्बन्धि सरकारको रणनीति सार्वजनिक गरेको छ । बेलायती प्रधानमन्त्री टेरेजा मेले मंगलबार सरकारको रणनीति सार्वजनिक गरेकी हुन् ।
पूरा पढ्नुहोस्

गैरकानुनी विदेशी कामदारलाई मलेसियाले ‘अस्थायी श्रम स्वीकृति’ दिने

कान्तिपुर संवाददाता , माघ ४, २०७३
मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारहरुलाई ‘अस्थायी श्रम स्वीकृति’ दिने भएको छ । मंगलबार विदेशी विदेशी एवं गैरकानुनी कामदारबारे संसदीय समितिको बैठकपछि मलेसियाली उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले उक्त कुरा बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूरा पढ्नुहोस्

विश्वको आधा सम्पत्ति आठजनासँग

एएफपी, माघ ३, २०७३
विश्वका आधा जनासंख्यासँग भएको सम्पत्ति आठ जनासँग भएको एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था अक्सफाले प्रतिवेदन सार्वजनिक गरेको छ । स्वीटजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले यो असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको समेत जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्

किर्गिजस्तानमा विमान दुर्घटना, ३७ को मृत्यु

(एजेन्सी), माघ ३, २०७३
किर्गिजस्तान (एजेन्सी)– किर्गिजस्तानको प्रमुख विमानस्थल मनासनजिकै सोमबार बिहान एक मालबाहक बोइङ ७४७ दुर्घटनामा हुँदा ३७ व्यक्तिको मृत्यु भएको छ । रोयटर्सले मर्नेहरूमा अधिकांश दुर्घटनास्थलका बासिन्दा भएको बताएको छ ।
पूरा पढ्नुहोस्

सिरियामा हवाई आक्रमण, ८ सर्वसाधारणको मृत्यु

एएफपी, माघ २, २०७३
उत्तर–पश्चिम सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । इदलब प्रान्तको मआरात मसरिन सहरमा आक्रमणमा प्राय: सर्वसाधारण नागरिक मारिएको सिरियन अब्जरभेटरी फर हयुमन राइटस्ले जनाएको छ ।
पूरा पढ्नुहोस्

‘नेपालको सामुदायिक वन उदाहरणीय’

कान्तिपुर संवाददाता , माघ २, २०७३
गुयनाका राष्ट्रपति डेबिड गार्नरले नेपाल र गुयनाबीच जलविद्युत्लगायत प्राकृतिक स्रोतको धेरै समानता रहेको भन्दै जलविद्युत् उत्पादनमा एकअर्काको अनुभव उपयोगी हुने बताएका छन् ।
पूरा पढ्नुहोस्

काेसेली :: बोन भोएज !

माघ १, २०७३
जनवरीको एक बिहान नेपालका पाँच नागरिक तिजुवानाको आप्रवासी स्थल वरपर देखिए । त्यस रात आफू सुत्ने खाटको खोजीमा थिए उनीहरू ।
पूरा पढ्नुहोस्

बेइजिङमा प्रदूषणविरुद्ध प्रहरी !

चेतनाथ आचार्य, माघ १, २०७३
बेइजिङका सबै कार्यालयमा कर्मचारीहरूलाई मास्क लगाउन चीन सरकारले उर्दी जारी गरेको छ । प्राय:जसो कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई नि:शुल्क मास्क वितरण पनि गरेका छन् । सुन्दै अचम्म लाग्ने ‘मास्क लगाउन पनि सरकारले निर्देशन जारी गर्नुपर्ने !’
पूरा पढ्नुहोस्

सिरिया शान्ति वार्तामा अमेरिका पनि सहभागी हुने

एएफपी, पुस २९, २०७३
टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौतापछि पनि सिरियामा छिटफुट आक्रमण रहेकै समयमा जनवरी २३ गतेदेखि काजकिस्तानको अस्तानामा हुने शान्ति वार्तामा अमेरिकालाई सहभागी गराउने विषयमा रसिया सहमत भएको छ ।
पूरा पढ्नुहोस्